होटल द्वारिकाजकी सञ्चालक अम्बिका श्रेष्ठको निधन



काठमाडौं । होटल द्वारिकाजकी सञ्चालक अम्बिका श्रेष्ठको निधन भएको छ । ललितपुरस्थित मेडिसिटी हस्पिटलमा उपचारका क्रममा ९२ वर्षको उमेरमा श्रेष्ठको निधन भएको हो ।

सिक्किममा जन्मिएकी अम्बिकाले द्वारिकादास श्रेष्ठसँग विवाह गरेकी थिइन् । द्वारिकाले विसं २०२८ द्वारिकाज होटलको सुरुवात गरेका थिए ।

२०४८ सालमा द्वारिकादास श्रेष्ठको निधनपछि अम्बिकाले काठमाडौंको बत्तीसपुतलीमा रहेको होटल सम्हालिरहेकी थिइन् ।


क्लिकमान्डु