वर्षमा १० अर्बभन्दा बढीको कारोबार गर्ने रिलायन्स स्पिनिङ मिल्समा ४ हजार बढी श्रमिक (तस्बिरहरु)



काठमाडौं । विसं २०५१ सालमा स्थापना गरी ०५३ सालबाट धागो उत्पादन सुरु गरेको रिलायन्स स्पिनिङ मिल्सले १५ सय जना महिलासहित ४ हजार जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरी रहेको छ ।

नेपालका उद्योगी घराना गोल्यन ग्रुप र एमएस ग्रुपको संयुक्त लगानीमा सञ्चालन गरियको सो उद्योग स्थापना कालमा २ वटा प्लान्टबाट सुरु गरिएको थियो । अहिले भने ८ वटा प्लान्टमा सञ्चालन भएको छ ।

सो मिल्सले उत्पादन गर्ने धागोको २५ देखि ३० प्रतिशतसम्म नेपालमै खपत हुने र ७० देखि ७५ प्रतिशतसम्म भारत, टर्की लगायतका देशमा निर्यात हुने कम्पनीले जनाएको छ ।

रिलायन्स स्पाइनिङ मिल्सले सन् २०२२ मा १० अर्ब १० करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीले पोलिस्टर, भिस्कोस, एक्रिलिक/ब्लेन्डेड र पोलिस्टर टेक्चर धागो उत्पादन गर्दै आएको छ ।

उत्पादन क्षेत्रमा २५ वर्ष अनुभव भएको गोल्यान ग्रुपका अध्यक्ष पवनकुमार गोल्यान र एमएस ग्रुपका शशीकान्त अग्रवालको संयुक्त लगानी रहेको उद्योगले धागो उत्पादन गरी विभिन्न देशमा निर्यात गर्दै आएको छ । कम्पनीअनुसार पछिल्लो समय क्षमता बढाएसँगै व्यापार पनि बढेको छ ।

कम्पनीले आन्तरिक बजारसँगै भारत र टर्कीमा उच्च धागो निर्यात गर्दै आएको छ ।

कम्पनीले धागो उत्पादनका लागि आवश्यक कच्चा पदार्थ चीन, भारत, हङकङ, इन्डोनेसिया, मलेसिया र थाइल्यान्डबाट आयात गर्दै आएको छ । कम्पनीको मुख्य कच्चा पदार्थ अर्थात् पोलिस्टर स्ट्यापल फाइबरको मूल्य कच्चा तेलसँग जोडिएको छ ।

कच्चा तेलको मूल्यले गर्दा धागोको मूल्यमा निकै असर परेको कम्पनीको भनाइ छ । कम्पनीले उत्पादन गरेको सेन्थेटिक धागोको मुख्य बजारमा भारत र टर्की हुन् ।

तस्बिरमा हेर्नुस् रिलायन्स स्पिनिङ मिल्समा कसरी हुन्छ काम ?


क्लिकमान्डु