रिलायन्स स्पिनिङ मिल्सको प्रतिसेयर आम्दानी ३ वर्षपछि ५४ रुपैयाँ हुने, के छ भावी योजना ?



काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि असार २७ गतेदेखि साधारण सेयर निष्कासन गर्ने भएको छ ।

योग्य संस्थागतलाई सेयर निष्कासन गरेपछि दोस्रो चरणमा विदेशमा रहेका नेपालीका लागि सेयर निष्कासन गर्न लागेको हो । सेयर निष्कासन गरेपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ९० करोड रुपैयाँ हुनेछ ।

कम्पनीमा संस्थापक सेयरधनीको १ अर्ब ७० करोड ७३ लाख ४० हजार रुपैयाँ करोड ७० लाख ७३ हजार ४०० कित्ता अर्थात ८९।८६० प्रतिशत सेयर रहेको छ ।

योग्य संस्थागत लगानीकर्तालाई ७ करोड ७० लाख ६४ हजार रुपैयाँको ७ लाख ७० हजार ६४० कित्ता अर्थात ४.०५६ प्रतिशत छुट्याइएको छ । यस्तै सर्वसाधारण (नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहिरहेका नेपाली नागरिकहरु, कम्पनीका कर्मचारीहरु समेत) ११ करोड ५५ लाख ९८ हजार रुपैयाँको ११ लाख ५५ हजार ९६० कित्ता अर्थात ६.०८४ प्रतिशत सेयर स्वामित्व रहेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १७९ रुपैयाँ ४५ पैसा रहेको छ । कम्पनीले विद्युत प्राधिकरणलाई ७५ करोड ३६ लाख ८४ हजार ३३५ रुपैयाँ तिर्न बाँकी रहेको छ। उक्त रकम घटाएर नेटवर्थ निकालेको कम्पनीले जनाएको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी २ पैसा ०८ पैसा रहेको छ । चैत मसान्तसम्म ५ अर्ब ३२ करोड १६ लाख ३६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ। आईपीओ निष्कासन गर्न लागेको कम्पनीले आगामी तीन वर्षको विभिन्न प्रक्षेपण सार्वजनिक गरेको छ ।

आव २०८०/०८१ मा कम्पनीको प्रति सेयर नेटवर्थ १७२ रुपैयाँ ४४ पैसा हुने छ भने आव २०८१/०८२ मा १८५ रुपैयाँ ४६ पैसा तथा आवका २०८२/०८३ मा २१९ रुपैयाँ ४९ पैसा पुग्ने प्रक्षेपण रहेको छ ।

आव २०८०/०८१ कम्पनीको प्रति सेयर आम्दानी २ रुपैयाँ ४३ पैसा हुने छ भने आव २०८१/०८२ मा ३३ रुपैयाँ ०२ पैसा तथा आव २०८२/०८३ मा ५४ रुपैयाँ ०३ पैसा पुग्ने प्रक्षेपण रहेको छ ।

यस्तै आव २०८०/०८१ मा कम्पनीको नाफा ६ अर्ब ८० करोड ५ लाख १७ हजार रुपैयाँ, आव २०८१/०८२ मा ७ अर्ब ४ करोड ७८ लाख ५१ हजार रुपैयाँ तथा आव २०८२/०८३ मा ७ अर्ब ६९ करोड ४४ लाख ४९ हजार रुपैयाँ पुग्ने प्रक्षेपण रहेको छ ।

कम्पनीको अध्यक्षमा पवनकुमार गोल्याण रहेका छन् भने सञ्चालकमा शशी कान्त अग्रवाल र अक्षय गोल्याण रहेका छन् ।
कम्पनीमा पवनको ४१ लाख ७१ हजार ११४ कित्ता अर्थात २१.९५ प्रतिशत, शशीको ८५ लाख ३६ हजार १०० कित्ता अर्थात ४४.९३ प्रतिशत र अक्षयको ४३ लाख ६५ हजार ३८६ कित्ता अर्थात २२.९८ प्रतिशत रहेको छ ।

भावी योजना तथा रणनीति

कम्पनीले उत्पादन विविधिकरण गर्ने, उद्योगसँग सम्बन्धित अनुसन्धान तथा विकास गर्ने, थप उत्पादन विविधिकरण गर्दै विभिन्न ब्राण्डका कपडाका लागि आयात गरिने विभिन्न धागो र धागो जन्य वस्तुलाई मुलुकभित्र नै उत्पादनका लागि आवश्यक अनुसन्धान गर्ने रणनीति बनाएको छ ।

नीति तथा नियमका लागि सरकार, निजी क्षेत्रसँग हातेमालो गर्दै दीर्घकालिन रुपमा प्रबन्ध गर्ने, उद्योगको क्षमता विस्तार गर्ने तथा उपयुक्त अन्य स्थानमा शाखा उद्योग खोली सञ्चालन गर्ने कम्पनीको योजना रहेको जनाइएको छ ।

कम्पनीले निष्काशन गर्ने धितोपत्र बिक्रीबाट प्राप्त हुने रकमले आगामी तीन वर्षभित्र अर्थात आर्थिक वर्ष २०८२/८३ भित्रमा उद्योगको प्रस्तावित परियोजना ९युनिट सी० को क्षमता विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ ।

नयाँ परियोजनाका लागि कम्पनीले जग्गा जमीन खरीदको प्रक्रिया सकेको र आगामी तीन वर्षमा उद्योगको क्षमता विस्तार भई उद्योग सुचारु गर्ने जनाएको छ ।

आईपीओ निष्काशन पश्चात् प्राप्त हुने सेयर पूँजी रकम तथा बैंकबाट थप कर्जा रकम प्राप्त भए पछि उद्योगको उत्पादन क्षमता वृद्धि गरिने उल्लेख छ । जसअनुसार हाल कायम रहेको उत्पादन क्षमता प्रतिदिन १३६ मेट्रिक टन तथा वार्षिक ४८ हजार ९६० मेट्रिक टनमा प्रतिदिन ४६ मेट्रिक टन तथा वार्षिक क्षमता १६ हजार ५६० मेट्रिकटन थप हुने जनाएको छ ।

उद्योगको उत्पादन क्षमता प्रतिदिन १८२ मेट्रिक टन तथा वार्षिक क्षमता ६५ हजार ५२० मेट्रिकटन पुग्ने प्रक्षेपण गरिएको छ ।
कम्पनीले एसिया, यूरोप तथा अफ्रिका लगायतका मुलुकमा बजारको सम्भावना पहिचान गर्न र त्यसका लागि कम्पनीले अवलोकन भ्रमण, समन्वय तथा अन्तरक्रिया गरी सम्भाव्यता अध्ययन गरिरहेको जनाएको छ ।

मुलुकभित्र पनि बजार अझ विस्तार गरी आफ्नो उत्पादन वृद्धि गर्न मुलुकमा भएका टेक्सटायल उद्योग तथा घरेलु उद्योगहरुसँग समन्वय गरी बजार विस्तार गर्ने योजना रहेको जनाएको छ ।


क्लिकमान्डु