गुण एयरलाइन्सले ६ करोड ७३ लाख बक्यौता तिर्यो, जहाज उडाउने बाटो खुल्यो



काठमाडौं । गुण एयरलाइन्सले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई तिर्न बाँकी ६ करोड ७३ लाख रुपैयाँ तिरेको छ । गुण एयलाइन्सले १ करोडको बैंक ग्यारेन्टी पनि राखेकोले अब जहाज उडाउन आवश्यक बाटो खुलेको छ ।

प्राधिकरणलाई बक्यौता बुझाएको यस अघि जफत भएको बैंक ग्यारेन्टी फुकुवा भएकाे छ । बक्यौता बुझाएकोले अब आवश्यक प्रक्रिया पूरा गरेर जहाज उडाउने गुण एयरलान्इसका अध्यक्ष राजेन्द्र शाक्यले क्लिकमान्डुलाई बताए ।

उनले भने ‘गुणले तिर्नुपर्ने पैसा तिरेपछि अब जहाज उडान आवश्यक प्रक्रिया अगाडि बढ्ने छ । जहाजको आवश्यक मर्मत, पाइलट तालिमसहितको काम गरेर गुणले जहाज पुनः उडाइने छ ।’ गुणले उडान सम्बन्धि प्रकृया पुरा गरेर जतिसक्दो छिटो जहाज उडाउने पनि उनले बताए ।

शाक्यका अनुसार पहिलो चरणमा बीचक्राफ्ट नामका २ वटा जहाज उडाइने छ भने भने ५ वटा जेटस्ट्रीमलाई चाहिँ बिक्री गर्ने गरिने छ । ती जहाजलाई बिक्री गर्न राखिसकिएको छ । जेटस्ट्रीम बिक्री गरेर गुणले एटीआर ७२ नामका आन्तरिक उडानमा प्रयोग भइरहेको ठूला जहाज ल्याउने पनि शाक्यले जानकारी दिए ।


क्लिकमान्डु