सुमनाबारे ओली: कसैसँग नाम ठेगान मिलेजस्तो लाग्दैन !



चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शिक्षामन्त्री सुमना श्रेष्ठलाई आफूले केही नभनेको भन्दै वचाउ गरेका छन्।

शुक्रबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीको प्रश्नमा ओलीले शिक्षामन्त्रीसँग मैले के भनेको छु ? भन्दै प्रतिप्रश्न गरेका हुन् ।

नेपाल घुम्न आएकी मन्त्री भइन् भनेर सुमनाबारे दिएको अभिव्यक्ति आलोचना भइरहँदा आफूले भनेको कुरा कुनै व्यक्ति विशेषसँग सम्बन्धित नरहेको ओलीले बताए ।

उनले त्यसलाई अनावश्यक रूपमा जोड्न आवश्यक नरहेको बताए । ‘त्यो कसैसँग सम्बन्धित छैन । कसैसँग नाम, ठेगाना मिलेजस्तो लाग्दैन । त्यसलाई अनावश्यक ढंगले जोड्नु व्यर्थ हुन्छ,’ ओलीले भने ।

त्यस्तै ओलीले काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)ले गिरीबन्धु टी–इस्टेटबारे गरेको टिप्पणीको पनि जवाफ दिएका छन् ।

ओलीले बालेनको नाम नलिइ ‘झिँगाले भैँसीको ढाडमा लात्ती हानेँ भनेर मख्ख पर्ने’ भन्दै व्यंगात्मक टिप्पणी गरे ।


क्लिकमान्डु