अन्तिम २ मिनेटमा ४ अंकले बढ्यो सेयर बजार, कारोबार रकम घट्दै



काठमाडौं । अन्तिम २ मिनेटमा सेयर बजारमा ४ अंकको सुधार देखिएको छ ।

निकै उतार चढाबकाबिच बजारमा ४ अंकको सुधार भएको हो । बजार मापन गर्ने सूचक ३.९३ अंकले बढेर परिसूचक २११३.२७ बिन्दु कायम भएको छ । यो दिन ३१७ कम्पनीको ९३ लाख ३० हजार २९५ कित्ता सेयर ३ अर्ब ८९ करोड ३७ लाख ६४ हजार १४३ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा १४९ कम्पनीको सेयर मूल्य बढेको छ भने ९० कम्पनीका घटेको छ । कारोबारमा विकास बैंक, वित्त, जलविद्युत, जीवन बिमा, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स, अन्य र ट्रेडिङ समूहको उपसूचक बढेको छ । कारोबारमा बैंक, होटल, निर्जीबन बिमा समूहको उपसूचक घटेको छ ।

कारोबारमा मुक्तिनाथ कृषि कम्पनी, नेपाल वयर हाउजिङ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने बुद्धभुमी नेपाल हाईड्रो पावर कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।


क्लिकमान्डु