सिद्धबाबा सुरुङ निर्माणमा आजदेखि विस्फोट गराइँदै, सवारी आवागमन बन्द हुने



पाल्पा । सिद्धबाबा सुरुङ मार्ग निर्माण गर्न आजदेखि विस्फोट गराउने काम सुरु हुने भएको छ ।

कामलाई गति दिनका जेठ १० गते जिल्ला सुरक्षा समिति पाल्पाको बैठकले निर्णय गरेअनुसार विस्फोटको काम सुरु हुन लागेको हो ।

निर्माणको जिम्मा पाएको चाइना स्टेट इन्जिनियरिङ कम्पनीले नेपाली सेना र नेपाल प्रहरीको उपस्थितीमा आवश्यकता अनुसार विस्फोट गराइने भएको हो ।

विस्फोटका समयमा सीमित अवधिका लागि सवारी आवगमन रोकेर काम गर्ने आयोजनाले जनाएको छ ।

सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडक खण्डको सिद्धबाबा क्षेत्रमा शुक्रबार नेपाली सेनासहितको टोलीले विस्फोटको पूर्वाभ्याससमेत गरेको छ । पाँच वर्षमा निर्माण सम्पन्न गर्नेगरी सुरु भएको सुरुङ मार्गको हालसम्म ११.४१ प्रतिशत भौतिक र १७.५ प्रतिशत वित्तीय प्रगति भएको छ ।

यस्तै मुख्य टनेलको ८५.७ मिटर खन्ने काम सम्पन्न भइसकेको आयोजनाले जनाएको छ । बाह्रै महिना पहिरो खस्ने दोभान सिद्धबाबा क्षेत्रमा कुल १ हजार १२६ मिटर लामो सुरुङ बन्नेछ ।


क्लिकमान्डु