ब्याजदरलाई कोरिडोरलाई प्रभावकारी बनाउन नसकेको स्थायी निक्षेप सुविधा पुनरावलोकन हुने



काठमाडौं । ब्याजदर कोरिडोर प्रभावकारी बनाउन नसकेको भन्दै नेपाल राष्ट्र बैंकले स्थायी निक्षेप सुविधा प्रदान गर्ने व्यवस्थामा हेरफेर गर्ने भएको छ । चालू आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै केन्द्रीय बैंकले ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन स्थायी निक्षेप सुविधा प्रदान गर्ने व्यवस्थामा आवश्यक पुनरावलोकन गरिने बताएको हो ।

नेपाल राष्ट्र बैंकले ब्याजदर करिडोर कायम गर्न मौद्रिक नीतिमार्फत बैंकहरुबाट ३ प्रतिशतमा निक्षेप लिने व्यवस्था गरेपनि बैंकहरुले भने राष्ट्र बैंकमा पैसा राख्नुको ३ प्रतिशतभन्दा सस्तो दरमा एकअर्कालाई सापटी दिने गरेका थिए । चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् ‘स्थायी निक्षेप सुविधा’ (एसडीफ) प्रयोग गर्न पाउने बाटो खुलाएपनि ब्याजदर करिडोर कायम गर्ने क्रममा व्यवस्था प्रभावाकारी नभएको हो ।


क्लिकमान्डु