इन्टरनेट बन्दले १८ लाख घरपरिवारका ९० लाख ग्राहक प्रभावित, कसरी चल्छ ३० लाख ग्राहकको मात्रै इन्टरनेट ?



काठमााडौं । नेपालका प्रमुख इन्टरनेट सेवाप्रदायकको इन्टरनेट डाउन हुँदा १८ लाख घरपरिवारका ९० लाख ग्राहक प्रभावित भएका छन् ।

इन्टरनेट सेवाप्रदायकहरुको संस्था (आइस्पान)का अनुसार कुल इन्टरनेटका ग्राहकमध्ये ७२ प्रतिशतको घरमा इन्टरनेट डाउन भएको छ । नेपालका प्रमुख सेवाप्रदायक वल्डलिंक, सुविसु, भायनेट, डिसहोमसहितका सेवाप्रदायकको इन्टरनेट विहीबार साँझबाट डाउन भएको छ ।

भारतबाट ब्याण्डविथ आउन बन्द भएका कारण नेपालमा इन्टरनेट डाउन हुँदा करिब ९० लाख ग्राहक प्रभावित भएको आइस्पानका अध्यक्ष सुधीर पराजुलीको भनाइ छ ।

उनका अनुसार हाल १ करोड २५ लाख इन्टरनेटका कुल ग्राहक मध्ये एउटा घरमा औषतमा ५ जनाले इन्टरनेट चलाउने भन्ने तथ्यांक नेपाल दूरसञ्चार प्राधिरणले निकालेको छ । प्राधिकरणको उक्त तथ्यांक अनुुसार हाल निजी क्षेत्रका इन्टरनेट सेवाप्रदायको ग्राहक संख्या १ करोड १३ लाख पुगेको छ ।

प्रमुख सेवाप्रदायकले अरु पाँचसात वटा कम्पनी तथा क्षेत्रमा इन्टरनेट दिएका छन् । प्रमुख सेवाप्रदायकको सेवा काटिएपनि पोखरा, महोत्तरी, सर्लाहीसहितका अरु सेवाप्रदायकको पनि इन्टरनेट काटिएको छ ।

प्रमुख सेवाप्रदायक सुविसु, भायनेट, डिसहोम, वल्र्डलिंकसहितका सेवाप्रादायको ८० प्रतिशत इन्टरनेट काटिएको छ । बाँकी बजार नेपाल टेलिकमको पनि भएकोले औषतमा ७२ प्रतिशत उपभोक्ताको घरमा इन्टरनेट काटिएको आइस्पानको भनाइ छ ।
प्रमुख सेवाप्रदायकले एउटाबाट अर्को विकल्प प्रयोग गरेका र टेलिकम सेवाप्रदायकसहितका करिब ३० लाख सेवाप्रदायकको भने इन्टरनेट चलिहरेको छ ।

कसरी चलाउने इन्टरनेट ?
नेपाल टेलिकमको फाइवर टु दि होम (एफटीटीएच)सेवा लिएका सेवाप्रदायकको इन्टरनेट काटिएको छैन । टेलिकमका इन्रनेटका ग्राहक ११ लाख ६० हजार छन् । यी ग्राहकको घरमा निर्वाध रुपमा इन्टरनेट चलिरहेको छ भने प्रमुख सेवाप्रदायकले लिएको २० प्रतिशतको विकल्पका कारण ३० प्रतिशतको सुस्त गतिमा भएपनि इन्टरनेट चलिरहेको छ ।

प्रमुख सेवाप्रदायक बाहेक केही इन्टरनेट सेवा चसले एयरटेलको रुपमा टाटालाई प्रयोग गरेका छन तिनकोमा पनि इन्टरनेट चलिरहेको छ । तर, यस्तो सख्ंया नगन्य मात्रामा भएको पनि आइस्पानको भनाइ छ ।

मोबाइल डाटा प्रयोग गरेर इन्टरनेट चलाउनमा भने कुनै समस्या छैन । नेपाल टेलिकम र एनसेलका मोबाइल प्रयोग गर्ने ग्राहकले डाटा प्रयोग गरेर प्रयोग गर्ने डेटा भने चलिरहेको छ ।


क्लिकमान्डु