सुहाङलाई बधाई दिँदै रविले भने: इलाममा जित्न सकिएन, सिक्न सकियो !



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले इलाम-२ को उपनिर्वाचनमा विजयी एमाले उम्मेदवार सुहाङ नेम्वाङलाई बधाई दिएका छन् । गत शनिबार सम्मपन्न उपनिर्वाचनमा नेम्वाङ विजयी भएका हुन् ।

सुहाङ २७ हजार सात सय ७२ मतका साथ विजयी हुँदा रास्वपा उम्मेदवार मिलन लिम्बुले ५ हजार ५० मत प्राप्त गरेका थिए ।

लामिछानेले आफ्ना उम्मेदवारले कम मत पाउँदा ठूलो सन्देश प्राप्त भएको जनाएका छन् ।

‘इलाम २ को उपनिर्वाचनमा एमाले उमेदवार सुहाङ नेम्वाङजी विजयी हुनु भएकोमा हार्दिक बधाई ज्ञापन गर्दछु,’ लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ हामीलाई मत दिनुहुने र मतसंगै ठूलो सन्देश दिनु हुने सबैप्रति आभारी छु । रास्वपा उमेदवार मिलन लिम्बु लगायत अहोरात्र खट्नु हुने सिङ्गो पार्टी पंक्तिलाई धन्यवाद । जित्न सकिएन, सिक्न सकियो । त्यसैले कुनै If ,But को सहारा नलिइ सहर्ष पराजय स्वीकार गर्दै जिम्मेवार ढंगले अभिव्यक्त हुन सबै सदस्यहरुमा अनुरोध छ।’


क्लिकमान्डु