तस्बिरमा हेर्नुस्: ९ वर्षअघि भूकम्पको केन्द्रबिन्दु परेपछि ध्वस्त भएको बारपाक अहिले कस्तो छ ?



गोरखा । २०७२ साल बैशाख १२ गते शनिबार ११:५६ मा गोरखाको बारपाक केन्द्रविन्दु बनाइ गएको ७.८ म्याग्निच्यूटको भूकम्पले करिब ९ हजार मानिसको ज्यान लिएको थियो भने गोरखा, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, र उपत्यकाका तीन वटै जिल्लामा नराम्रोसँग क्षति पुग्यो ।

आज उक्त भूकम्प गएको ९ वर्ष पुरा भएको छ । करिब १५ सयभन्दा बढी घरघुरी, अधिकांश मानिसहरु बेलायती सेना र भारतीय सेनामा कार्यरत, मानिस नै अलमल पर्ने बाक्लो बस्ती, ढुंगाले छाएको घर, बाटो भरि ढुंगा विछ्याइको सुन्दर गाँउको रुपमा परिचित बारपाक २०७२ सालको भूकम्पपछि भने फेरिएको छ ।

मौलिकता मासिएको छ, र परिचय फेरिएको छ, भूकम्पको केन्द्रबिन्दु बारपाक । आजभोलि बारपाक घुम्न विभिन्न जिल्ला र विभिन्न देशबाट मानिसहरु आउने गर्दछन् ।

सडक सञ्जालले जोडिएको र सुविधासम्पन्न होटलहरु खुलेकाले बारपाक लागि घुम्ने नयाँ गन्तव्य बनेको छ । परम्परागत ढुंगाले छाइएको घरको सट्टा आधुनिक र पक्की घरहरु निर्माण गरिएको छ, ढुंगा छापिएका बाटोहरु मोटर बाटोमा परिणत भएका छन् । ९ वर्ष अगाडि भूकम्पले मानसिक र शारीरिक रुपमा पुर्याएको घाउका टाटाहरु मात्र बाँकी छन् बारपाकीहरुको मनमा । दैनिकी सामान्य बन्दै गएको छ, मेलापात, घाँसदाउरा वनजंगल गर्दा गाइने गीतहरुले भूकम्पको कम्पनलाई बिर्साएको छ ।


क्लिकमान्डु