शीतलनिवासमा राष्ट्रपति पौडेल र कतारका राजाबीच भेटवार्ता



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र नेपालको दुईदिने राजकीय भ्रमणमा आएका कतारका अमिर(राजा) शेख तमिम बिन हमाद अल थानीबीच भेटवार्ता भएको छ ।

मंगलबार राष्ट्रपति भवन शीतलनिवासमा पौडेल र थानीबीच भेटवार्ता भएको हो ।

यसअघि अमिर थानी अपराह्न काठमाडौं उत्रिएका थिए । उनलाई विमानस्थलमा राष्ट्रपति पौडेलले स्वागत गरेका थिए ।


क्लिकमान्डु