माधव नेपालपछि केपी ‌ओलीले पनि खेले फिल्म, सकियो सुटिङ



काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फिल्ममा अभिनय गरेका छन् ।

एसिड आक्रमण पीडितको कथावस्तुलाई लिएर निर्माण भैरहेको फिल्म ‘नमेटिने घाउ’ मा ओलीले अभिनय गरेका हुन् ।

रमित ढुंगाना फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण भइरहेको यो फिल्म एसिड आक्रमणमा परेका ३३ जना पीडितहरुको कथालाई समेटेर बनाइएको छ ।

‘नमेटिने घाउ’मा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्रीको भूमिकामा छन् । साथै फिल्ममा पूर्वप्रधानमन्त्री एवं नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल र सांसद ज्ञानेन्द्र शाहीले यसअघि नै अभिनय गरिसकेका छन् ।


क्लिकमान्डु