रवि लामिछाने र डीपी अर्यालले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ: सांसद यादव



काठमाडौं । नेपाली कांग्रेसकी सांसद नागिना यादवले सहकारी प्रकरणमा नाम जोडिएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएकी छन् ।

मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले कांग्रेसले आगामी दिनमा नैतिकताको पाठ पढाउने र नैतिकवान हुन जिम्मेवार हुन आग्रह गर्ने बताइन् । उनले प्रश्न उठेकाहरुले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताइन् । कांग्रेस राजीनामाको मागबाट पछि नहटेको उनको भनाइ छ ।

‘कांग्रेसले मन्त्रीहरुलाई नैतिकता देखाउन आग्रह गरेको छ । नैतिकताको पाठ पढाउँदै आफू नैतिकवान हुनुस् र जुन प्रश्न उठेको छ, त्यो अनुसार यहाँहरुले राजीनामा दिनुपर्छ भन्नेतिर नै कांग्रेस जान्छ,’ उनले भनिन्, ‘ हामी सबै सूचकांकबाट नेगेटिभतिर गइरहेका छौँ । त्यस्ता कुरालाई मध्यनजर गरेर हामी सदनलाई रोकेर देशका कुनै काम अघि बढ्न नदिने भनेको राम्रो होइन, त्यसैले सदन चलाउँदै नराम्रा कामको बिरोधमा छौँ । जनताको मर्म र देशको परिस्थितिलाई मध्यनजर गरेर काम कारबाहीलाई अघि बढाउँदै जानुपर्छ ।’


क्लिकमान्डु