गभर्नरमाथि छानबिनका लागि बनाइएको समितिका सदस्य थापा वर्षमानका सल्लाहकार



काठमाडौं । अर्थ मन्त्रालयको प्रमुख आर्थिक सल्लाहकारमा प्रा.डा. सूर्यबहादुर थापा नियुक्त भएका छन् ।

बिहीबारको मन्त्रिपरिषद् बैठकले थापालाई अर्थ मन्त्रालयको सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको थियो । त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय अन्तर्गत अर्थशास्त्रका प्राध्यापक हुन् ।

थापा यसअघि जनार्दन शर्मा अर्थमन्त्री हुँदा गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्न गठित आयोगका सदस्य थिए ।

२०७९ वैशाख २५ गते गभर्नर अधिकारीमा कार्यक्षमता अभाव भएको आरोप लगाउँदै सरकारले नेपाल राष्ट्र बैंक ऐन २०५८ बमोजिम जाँचबुझ गर्ने निर्णय गरेको थियो ।

ऐनअनुसार सरकारले सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको नेतृत्वमा जाँचबुझ समिति गठन गरेपछि अधिकारी निलम्बित भएका थिए । उक्त समितिमा प्राडा सूर्यबहादुर थापा र चन्द्रकान्त पौडेल सदस्य थिए ।

सरकारको उक्त निर्णयविरुद्ध गभर्नर अधिकारीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

सर्वोच्च अदालतले गभर्नर अधिकारीमाथि जाँचबुझ गर्ने नेपाल सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।


क्लिकमान्डु