दुर्गा प्रसाईंको पक्षमा आएको फैसलाले थप १३ मेडिकल कलेजका सञ्चालक उत्साहित




काठमाडौं । सर्वोच्च अदालतले सोमबार मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बीएण्डसी कलेजलाई लाइसेन्स दिन आदेश दिएसँगै थप १३ मेडिकल कलेज उत्साहित भएका छन् ।

सरकारले मेडिकल कलेज निर्माण गर्न आसयपत्र (एलओआई) दिएर सञ्चालन अनुमति नदिएका थप १३ मेडिक कजेलाई अब प्रसाईंको बीएण्डसी कलेजको फैसला नजिर हुने छ । यो नजिरका कारण अब अरु मेडिलक कलेज पनि अदालत गएर मुद्दा जितेर आउन सक्ने भएकोले भौतिक संरचना बनाएर बसेको तर सञ्चालन अनुमति नपाएका कलेज उत्साहित भएका हुन् ।

चिकित्सा शिक्षा ऐन २०७५ मा एउटा विश्व विद्यालयले पाँचवटा भन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन नदिने व्यवस्था गरेका कारण नयाँ मेडिकलले कलेजलाई अनुमति दिन सरकारले बन्द गरेको थियो । तर, त्यतिबेला पूर्वाधार तयार गरेका भएपनि १४ वटा मेडिकल कलेजलाई अनुमति नदिइ सरकारले रोकेर राखेको थियो ।

सरकारले मापदण्ड र चिकित्सा शिक्षा ऐन विपरित भएको भन्दै बीएण्डसीसहितका १४ वटा मेडिकल कलेजलाई पूर्वाधार निर्माणको गर्न आशयपत्र दिएपनि सञ्चालन गर्न भने दिएको छैन ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलले विभिन्न समयमा मेडिकल कलेजको पूर्वाधार बनाउन आशय पत्र दिएपनि सञ्चालन अनुमति भने दिएको छैन । सरकारले सञ्चालन अनुमति नदिएकै कारण १४ वटा मेडिकल कलेजको लगानी खेर गएको भन्दै मेडिकल कलेज सञ्चालकले भने अनुमति माग्दै आएका छन् ।

यी हुन् सरकारबाट आसयपत्र पाएर पनि अनुमति नपाएका मेडिलक कलेज


क्लिकमान्डु