दुर्गा प्रसाईंको पक्षमा फैसला आउँदा बैंकलाई राहत



काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई बी एन्ड सी मेडिकल कलेज सञ्चालनको अनुमति प्रदान गर्न फैसला गर्दा बैंक तथा वित्तीय सस्थांलाई राहत मिलेको छ ।

आज सोमबार सर्वोच्चका न्यायाधीश कुमार चुडाल र शारंगा सुवेदीको इजलासले रिट निवेदक प्रसाईंको पक्षमा निर्णय सुनाएको हो । उक्त फैसलाका कारण प्रसाईंले सञ्चालन गर्न लागेको एण्डसी पूर्वाञ्चल क्यान्सर अस्पताल र पाँच तारे ‘होटल एट्रियम’ लगायतमा दिएको ऋण नफस्ने भएको छ ।

प्रसाईंले नबिल, प्रभु, कुमारी, नेपाल इन्भेष्टमेन्ट मेगा, ग्लोबल आईएमई, राष्ट्रिय वाणिज्य बैंक, लुम्बिनी विकास बैंक र गुणविल फाइनान्स लगायतबाट ५ अर्ब ५७ करोड ३० लाख रुपैयाँ ऋण लिएका छन् ।

एण्डसी पूर्वाञ्चल क्यान्सर अस्पताल सन्चालन गर्न राज्यले शैदान्तिक सहमति दिएको र पछी सन्चालनका लागि अनुमती नदिँदा बैंकबाट लिएको ऋण तिर्न नसकेको बताउँदै आएका थिए । उनले बैंकबाट कर्जा लिँदा नै मेडिकल कलेज निर्माण गरेर विद्यार्थी पढाउन थालेपछी कर्जा भुक्तानी गर्न सुरु गर्ने शर्त राखेका थिए ।

तर, केही बैंकले दिन बाँकी कर्जा नदिएपछी र केही बैंकले कर्जा भुक्तानीका लागि ताकेता गरेपछी उनी बैंक बिरुद्द अदालत समेत पुगेका थिए ।

सोमबार सर्वोच्च अदालतले प्रसाईंका पक्षमा फैसला गरेपछी लगानी उठनेमा बैंकहरु ढुक्क हुने भएका छन् ।


क्लिकमान्डु