टेलिकम कम्पनीको सीमकार्ड बाँड्ने होडबाजीले ९५ लाख सीममा मासिक एउटा पनि फोन म्यासेज आउँदैन



काठमाडौं । नेपालका दुई टेलिकम सेवाप्रदायकबीच सीमकार्ड बाँड्ने मात्रै होडबाजी अझै रोकिएको छैन् । सरकारी स्वामित्वको नेपाल टेलिकम र निजी क्षेत्रको अग्रणी सेवाप्रदायक एनसेलबीच पछिल्लो दुई दशकदेखि प्रयोगकर्ता बढाउनमै प्रतिस्पर्धा भइरहेको छ ।

तर, टेलिकम सेवाप्रदायकहरुबीच भइरहेको प्रतिस्पर्धालाई साथ दिएका ग्राहकले भने सीमकार्ड लिँदै छोड्दै गरेको पाइएको छ। ग्राहकले सीमकार्ड लिएर प्रयोगै नै नगरेका कारण दुबै सेवाप्रदायकका ग्राहक अस्वभाविक रूपमा निष्कृय हुँदै गइरहेको देखिन्छ ।

एक महिनासम्मको भिएलआर प्रतिवदेनका आधारमा करिब एक करोड सिमकार्ड प्रयोगविहिन देखिएका हुन। ती सीमकार्डमा महिनामा एक पटक पनि फोन वा म्यासेन आउँदैनन् ।

टेलिकम क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार एक महिनासम्मको भिजिटर लोकेसन रजिस्टेसन (भिएलआर) प्रतिवदेनका आधारमा करिब एक करोड सिमकार्ड प्रयोगविहिन छ । ती सीमकार्डमा महिनामा एक पटक पनि फोन वा म्यासेन नआउने भएकोले त्यस्ता सीमकार्डलाई निष्कृय प्रयोगकर्तामा राखिएको प्राधिकरणले जानकारी दिएको छ ।

टेलिकम सेवाप्रदायकहरुले नेपालमा जनसंख्या भन्दा बढी प्रयोगकर्ता भनेर दाबी गरिहँदा निष्कृय प्रयोगकर्ता पनि त्यति नै धेरै बढिरहेका सेवाप्रदायकहरूको भ्वाइस र डेटा प्रयोगकर्ताको पछिल्लो तथ्यांकले देखाएको छ । दुई टेलिकम सेवाप्रदायकले करिब साढे ३ करोड प्रयोगकर्ता भनेर दाबी भइरहेका बेला निष्कृय प्रयोगकर्ता नै ९५ लाख रहेको देखिएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले माघमा सार्वजनिक गरेको २०८० असोजसम्मको तथ्यांकले नेपाल टेलिकम र एनसेलका प्रयोगकर्ता ३ करोड ४७ लाख पुगेका छन् । यी प्रयोगकर्तामध्ये करिब एक करोडले दुबै सेवाप्रदायकको सेवा प्रयोग गरेका छैनन् । 

सेवा प्रयोग नगरी सीमकार्ड निष्कृय भएकै कारण हाल दुबै सेवाप्रयाकको सक्रिय प्रयोगकर्ताको संख्या २ करोड ४६ लाख मात्रै रहेको दूरसञ्चार प्राधिकरणको तथ्यांकले देखाएको छ ।

तथ्यांक अनुसार दुबै सेवाप्रदायकका ब्रोडव्याण्ड इन्टरनेट प्रयोगकर्तामसेत ५५ लाख भन्दा बढी निष्कृय भएको देखिन्छ । प्रयोगकर्ता निष्कृय हुनु भनेको टेलिकम सेवा  लिने ग्राहक घट्दै गएको तथ्यले देखाउँछन ।

दुई दशक अगाडिबाट ग्राहक विस्तारमा आक्रामक बनेको टेलिकम कम्पनीहरुले अहिले पनि यसलाई छोडेका छैनन् । हुन त टेलिकम कम्पनीलाई जति धेरै ग्राहक विस्तार गर्यो उति दायरा फराकिलो हुने र व्यापार बढ्ने हुन्छ ।

तर, वितरण भएको सीमकार्ड प्रयोग विहिन हुने र नयाँ मात्रै वितरण भइरहनुले सेवाप्रदायकको संख्या मात्रै धेरै देखिइरहेको छ । टेलिकम कम्पनीहरुको सीमकार्ड लिएर विदेश जाने, प्रयोग विहिन हुने एउटा भन्दा बढी एउटैको नामा वितरण गर्ने गरेका सीमकार्ड बढी निस्कृय भएको प्राधिकरणको भनाइ छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको माघ महिनाको तथ्यांक अनुसार असोजसम्ममा एनसेलका मात्रै ३५ लाख र टेलिकमको २० लाख ब्रोडव्याण्ड इन्टरनेट प्रयोगकर्ता निष्कृय छन । तथ्यांक अनुसार हाल टेलिकमसँग ८७ लाख १३ हजार सक्रिय प्रयोगकर्ता छन भने एनसेलसँग ८७ लाख १७ हजार सक्रिय प्रयोगकर्ता ब्रोडव्याण्ड इन्टरनेटका छन ।

सीमकार्ड लिएर विदेश जाने, बिग्रएकाे ठाउँमा अर्काे नलिने, माेबाइल हराउँदा साेही सीम नयाँ ननिकाल्ने, विभिन्न कारण प्रयोग विहिन हुने र एउटा भन्दा बढी एउटैको नामा वितरण गर्ने गरेका सीमकार्ड निस्कृयकाे संख्या बढेकाे हाे ।

टेलिकमसँग भएका २ करोड ७ लाख ६३ हजार कुल इन्टरनेटका प्रयोगकर्ता भएपनि निष्कृय प्रयोगकर्ता २० लाख घटाउँदा यसका सक्रिय प्रयोगकर्ता ८७ लाख मात्रै देखिएको प्राधिकरणको भनाइ छ ।

प्राधिकरणको तथ्यांक अनुसार एनसेलले सार्वजनिक गरेको गत असार मसान्तसम्मको तथ्यांकमा यसका प्रयोगकर्ता १ करोड ३२ लाख इन्टरनेटको मात्रै पुगेका थिए । यसबाट ३५ लाख निष्कृय प्रयोगकर्ता रहेको भन्दै टेलिकमले ती ग्राहकलाई घटाएर गणना गरेका कारण यसका हालका सक्रिय प्रयोगकर्ता ८७ लाख १७ हजारमात्रै रहेको देखिएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका सहप्रवक्ता प्रदीप पौडेलका अनुसार टेलिकम कम्पनीहरूले नै पेश गरेको तथ्यांकका आधारमा तथ्यांक विश्लेषण गरेर सार्वजनिक गरिदैँ आएको छ । प्राधिकरणका अनुसार पछिल्लो समय नयाँ प्रयोगकर्तासँगै पुराना प्रयोगकर्ता पनि घट्दै गएका छन ।

प्राधिरकणले यस अघि ६ महिनाभन्दा बढी निष्कृय भएका सीमकार्डलाई बिक्री गर्न पाउँने व्यवस्था गरेको थियो । त्यो व्यवस्थामा अदातलेको आदेशले अंकुश लागेपछि अहिले निष्कृय प्रयोगकर्ता भने उल्लेख गर्ने गरिएको भएपनि त्यसको सीमकार्ड अर्कोले पाउँदैनन् ।

दुई करोड प्रयोगकर्ताले चलाउँछन मोबाइलमा फोरजी

नेपालमा दुई करोड प्रयोगकर्ताले मोबाइल फोनबाटै दु्रत गतिको मोबाइल इन्टरनेट फोरजी चलाउँछन् । नेपाल दूरसञ्चार प्राधिकरणले माघमा सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालमा २ करोड ४ लाख प्रयोगकर्ताले मोबाइलमै फोनबाटै फोरजी इन्टरनेट चलाउने गरेका छन् ।

तथ्यांक अनुसार हाल फोरजीमार्फत ब्रोडब्याण्ड सेवा दिनेमा नेपाल टेलिकमको प्रयोगकर्ता १ करोड ३५ लाख पुगेका छन् । एनसेलका प्रयोगकर्ताले भने जम्मा १८ लाखले मात्रै थ्रीजी इन्टरनेट चलाउँछन भने अरु यसका सबै प्रयोगकर्ताले फोरजी इन्टरनेट चलाउने गरेका छन ।


क्लिकमान्डु