सेयर बजारमा सामान्य सुधार, ३ अर्ब ४५ करोडको कारोबार



काठमाडौं । सेयर बजारमा सामान्य सुधार आएको छ । बजार मापन गर्ने सूचक ९.३३ अंकले बढेर परिसूचक २०१७.०३ बिन्दु कायम भएको छ ।

निकै उचार चढाबकाबिच बजारमा सामान्य सुधार आएको छ । कारोबारमा अधिकांश समूहको उपसूचकमा हरियाली छाएको छ ।

विकास बैंक ५.१८, वित्त २९.९८, होटल ४४.१६, जलविद्युत २३.८९, उत्पादन तथा प्रशोधन ५४.४२, माइक्रोफाइनान्स २५.०२, निर्जीबन बीमा २९, अन्य १९.८५, ट्रेडिङ ३६.१२ अंकले बढेको छ ।

३०८ कम्पनीको ९१ लाख ३८ हजार १५४ कित्ता सेयर ३ अर्ब ४५ करोड ८ लाख ३८ हजार ३५७ रुपैयाँको सेयर कारोबार भएको छ । कारोबारमा १७५ कम्पनीको सेयर मूल्य बढेको छ भने ६२ कम्पनीको घटेको छ ।

कारोबारमा दोल्ती पावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबारमा स्वरोजगार लघुवित्त वित्तीय संस्था, जोशी हाईड्रोपावर, गोर्खाज फाइनान्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । कारोबारमा मोलुङ खोला हाईड्रोपावर, बिपीडब्लू लघुवित्त, समता घरेलु लघुवित्तका लगानीकर्ताले गुमाएका छन् ।

कारोबार रकमका आधारमा सोनापुर मिनरल्स एण्ड आयल पहिलो स्थानमा रहेको छ । कम्पनीको ३३ करोड ३७ लाख ७८ हजार रुपैयाँको सेयर कारोबार भएको छ । दोस्रो र तेस्रो स्थानमा शिवम सिमेन्ट र हिमालयन रिइन्स्योरेन्स रहेको छ ।


क्लिकमान्डु