काठमाडौंको केहि क्षेत्रमा शनिबार ४ घण्टा विद्युत आपूर्ति बन्द हुने



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले शनिबार काठमाडौंको केहि क्षेत्रमा ४ घण्टासम्म बिद्युत आपूर्ति बन्द गर्ने जनाएको छ ।

प्राधिकरणका अनुसार महाराजगञ्ज वितरण केन्द्रअन्तर्गत विद्युतीय लाइन भूमिगत गर्ने काम गर्न लागिएकाले केहि क्षेत्रमा ४ घण्टासम्म बिद्युत अवरुद्ध हुने बताइएको छ ।

प्राधिकरणअनुसार शनिबार गोल्फुटारस्थित हेपालीहाइटदेखि धापासी विद्यालयहुँदै दाहाल गौंडासम्मको क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो २ बजेसमम् विद्युत सेवा अवरुद्ध हुनेछ ।

शनिबार एभरेष्ट बैंक लाजिम्पाटदेखि राष्ट्रपति भवन, टुँडालदेवी क्षेत्र र आइतबार गोल्फुटार पेट्रोलपम्प देखि बसुन्धारा र सोमबार गोल्फुटारदेखि ह्याम्स अस्पतालसम्मको क्षेत्रमा विद्युत आपूर्ति अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।

प्रतिकुल अवस्था नभएको अवस्थामा यति लामो समय विद्युत सेवा बन्द नहुने प्राधिकरणले जनाएको छ ।


क्लिकमान्डु