अर्बपति विनोद चौधरी भन्छन्ः मैले एक वर्षमा कमाउने पैसा दयाहाङले एउटै चलचित्रबाट कमाउँछन् होला !



काठमाडौं । अर्बपति ब्यवसायी विनोद चौधरीले आफूले एक वर्षमा कमाउने पैसा कलाकार दयाहाङ राईले एउटै चलचित्रबाट कमाउछन् होला भनेर अनुमान गरेका छन् ।

सामाजिक सञ्जाल एक्समा चौधरीले चलचित्र डिग्री माइलाको भिडियो क्लिप सेयर गर्दै लेखेका छन्, ‘मैले एक वर्षमा कमाउने त तपाईंले यही एउटै फिल्मबाट कमाउनुहुन्छ होला जस्तै छ त दयाहाङ जी । हैट !’

चलचित्रको उक्त क्लिपमा दुई कलाकार दयाहाङ राई र माओत्से गुरुङबीचको संवाद छ । जसमा राईले सिजीमा जागिरको अफर आए पनि नखाएको बताउँछन् ।

गुरुङ राईलाई किन जागिर नखाएको त भनेर सोध्छन् । जवाफमा राइ भन्छन्, चौधरी आफैं धनी छ, धनी माथि धनी के बनाउनु?

दयाहाङ राई र माओत्से गुरुङबीचको संवाद

राईः त्यो सिजी ग्रुप सुन्या छौ… चाउचाउ बनाउँछ नी
त्यसले मलाई मासिक ४ लाखको अफर गरेको थ्यो ।

गुरुङः तैले किन खाइनस् त ?
राईः अब चौधरी आफैं धनी छ,धनी माथि धनी के बनाउनु

यो चलचित्र २०८१ सालको नयाँ वर्षमा प्रदर्शनमा आउने निर्माताले जनाएका छन् ।

बाँसुरी फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मले थर्ड डिभिजनमा मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा भन्छ । यही नाममाथि अभिनेता दयाको निर्देशनमा केही वर्षअगाडि नाटकसमेत प्रदर्शन भइसकेको छ। सोही नाटकलाई फिल्मका रूपमा पर्दामा प्रस्तुत गर्न लागेको हो ।

फिल्ममा दयासँगै आँचल शर्मा, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायत कलाकारको अभिनय रहनेछ।


क्लिकमान्डु