सात महिनामा ९ खर्बको आयात, व्यापार घाटा करिब २ खर्बले घट्यो



काठमाडौं । सात महिनामा करिब ९ खर्ब रुपैयाँको आयात भएको छ । चालु आर्थिक वर्षको पहिलो ७ महिना (साउन-माघ)मा नेपालमा ८ खर्ब ९७ अर्ब ९४ करोड रुपैयाँको वस्तु तथा सेवा आयात भएको छ ।

यस्तो आयात गत वर्षका २०७९/८० को तुलनामा भने २.३१ प्रतिशतले घटेको छ । गत वर्ष यो अवधिमा ९ खर्ब १९ अर्ब १६ करोड रुपैयाँको आयात भएको थियो

गत वर्षको तुलनामा चालू आवको ७ महिनामा व्यापार घाटा १.७७ प्रतिशतले घटेको छ । यो अवधिमा ८ खर्ब ११ अर्ब रुपैयाँको व्यापार घाटा छ । यस्तो व्यापार घाटा गत वर्षको सोही अवधिमा ८ खर्ब २५ अर्ब रुपैयाँ थियो ।

आयात घटेसँगै नेपालबाट हुने निर्यात पनि ७.०७ प्रतिशतले घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको ७ महिनामा ८६ अर्ब ८३ करोड रुपैयाँको निर्यात भएको छ । यस्तो निर्यात गत वर्षको सोही अवधिमा ९३ अर्ब ४३ करोड रुपैयाँको थियो ।


क्लिकमान्डु