दुधको पैसा नपाएको भन्दै किसानले सडकमा पोखे दुध



चितवन । दुग्ध किसानहरुले लामो समयदेखि भुक्तानी नपाएको भन्दै दुध पोखेर बिरोध गरेका छन् । आइतबार चितवनका दुग्ध उत्पादक सहकारीका किसानले सडकमा दुध पोखेर बिरोध गरेका हुन् ।

भरतपुरको केन्द्रीय बस ट्रमिनल चोकस्थित सडकमा किसानले दुध पोखेका हुन् ।

लामो समयसम्म बेचेको दुधको भुक्तानी नपाएको र जिल्लाबाट उत्पादित दुधको बजारीकरणमा समस्या भएको भन्दै सहकारीका किसानले सडकमा ८० लिटर दूध पोखेर बिरोध जनाएका हुन् ।

केही दिनअघि प्रधानमन्त्री पुष्पकमल दाहालले किसानलाई तत्काल दुधवापतको वक्यौता रकम भुक्तानी गर्न निर्देशन दिएका थिए । तर किसानले भुक्तानी भने पाउन सकेका छैनन् ।


क्लिकमान्डु