बैंकिङ कसुर तथा सजाय(दोस्रो संशोधन) विधेयकले चेक अनादरको विषय मात्रै समेटेको छैन: अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंकिङ कसुर तथा सजाय(दोस्रो संशोधन) विधेयक २०८० ले केवल चेक अनादरको विषयलाई मात्रै नसमेटेको बताएका छन् ।

आइतबार प्रनिनिधि सभाको बैठकमा विधेयकको सैद्धान्तिक पक्षमाथि छलफलमा भाग लिँदै सांसदहरुले बैंकिङ कसुर तथा सजाय(दोस्रो संशोधन) विधेयक २०८० चेक अनादरसँग सम्बन्धित विषयमा मात्रै केन्द्रित भएको बताएका थिए । सांसदहरुको मन्तव्यपछि जवाफ दिँदै मन्त्री महतले सो विधेयक चेक अनादरको विषयसँग मात्रै सम्बन्धित नभएको बताए ।
उनले बैंक, वित्तीय संस्था, सहकारी संस्थामा देखापरेका समस्याहरुको विषयलाई विधेयकमा समेटिएको बताए ।

‘चेक बाउन्सको विषय मात्रै छैन । बैंक, वित्तीय संस्था, सहकारी संस्था यसको चल, अचल सम्पती मिले मतो वा जाल, परिपञ्च गरी वा हक नभएको सम्पतीमा आफ्नो हक दाबी भएको भनेर अहिले धेरै सहकारी, वित्तीय संस्थाहरुमा समस्याहरु आएको छ, ति समस्याहरु संशोधनमा समेटिएको छ,’ उनले भने, ‘चेक बाउन्सको मात्र समेटिएको छैन । यतिमात्रै व्यवस्थाले सम्पूर्ण बैंकिङ, वित्तीय संस्था, सहकारी संस्था यसको सम्पूर्ण कुरो सम्बोधन हुन सक्दैन त्यो हामीलाई थाहा छ । यो विषयमा ०६४ सालमा बनेको थियो त्यो सँग जोडिएको कहाँ कमी, कमजोरी छ, त्यो विषयलाई मध्यनजर गरेर समेटेर यो संशोधन प्रश्ताव ल्याएको ।’


क्लिकमान्डु