आगामी वर्षको बजेटको सीमा १८ खर्ब तोकियो



काठमाडौं । राष्ट्रिय योजना आयोगले आगामी वर्षको बजेट १८ खर्ब रुपैयाँको ल्याउन सिफारिस गरेको छ ।

आयोग उपाध्यक्षको नेतृत्वमा रहने स्रोत अनुमान समितिले आगामी आर्थिक वर्षको बजेट १८ खर्बको ल्याउने गरी तयारी गर्न मन्त्रालयलाई सिफारिस गरेको छ ।

बजेट निर्माणका लागि आवश्यक छलफलमा १८ खर्ब बजेट बनाउन सुझाव आएको अर्थमन्त्री प्रकाशशरण महतले जानकारी दिए । शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री महतले नेपालमा अझै पनि चुस्त दुरुस्त खर्च गर्न समस्या हुने गरेको बताए ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनको दफा ७ मा माघ मसान्तभित्र आगामी वर्षको बजेटको सीमा निर्धारण गर्नु पर्ने भए पनि फागुन ४ गते सिलिङ सार्वजनिक गरिएको हो ।

सरकारले चालु आर्थिक वर्षका लागि गत जेठ १५ गते १७ खर्ब ५१ अर्बको बजेट सार्वजनिक गरे पनि गत सोमबार अर्थमन्त्री डा. महतले महतले चालु आर्थिक वर्षमा १५ खर्ब ३० अर्ब रुपैयाँमात्रै खर्च हुने संशोधित अनुमान सार्वजनिक गरेका छन् ।


क्लिकमान्डु