अर्बपति उद्यमी विनोद चौधरीले अन्तर्राष्ट्रिय हस्पिटालिटी सम्मेलन होप २०२४ लाई सम्बोधन गर्ने



काठमाडौं । नेपाली उद्यमी एवं सांसद विनोद चौधरीले हस्पिटालिटी क्षेत्रको अन्तर्राष्ट्रिय ख्यातीप्राप्त सम्मेलन होप–२०२४ मा कि नोट स्पिकरका रुपमा सम्बोधन गर्ने भएका छन् ।

फागुन ३ र ४ गते (फेब्रुअरी १५– १६, २०२४) मा भारतको पर्यटकीय नगरी गोवामा आयोजना हुने उक्त सम्मेलनमा विश्वभरका ख्यातीप्राप्त होटेलियर्सहरू सहभागी हुदैछन् ।

नेपालको हस्पिटालिटी इन्डष्ट्रीमा द्रुततर लगानी विस्तार गरिरहेको चौधरी ग्रुपका अध्यक्ष समेत रहेका चौधरीलाई अन्तर्राष्ट्रिय सम्मेलनमा उच्च सम्मानका साथ आमन्त्रण गरिएको हो । सम्मेलनमा नेपालबाट अध्यक्ष चौधरी र सीजी हस्पिटालिटीका प्रवन्ध निर्देशक एवं सिईओ राहुल चौधरीलाई मात्रै आमन्त्रित रहेका छन् ।

चौधरीले ‘हस्पिटालिटी इन्भेष्टमेन्ट एण्ड फण्डिङ आउटलुक’ बिषयमा कि नोट स्पिच दिनेछन् । हस्पिटालिटी इन्डष्ट्रीको विश्वब्यापी ट्रेण्ड र यसको अवस्था, ग्लोबल एण्ड डोमेस्टिक हस्पिटालिटी ट्रेण्ड र हस्पिटालिटी इन्डष्ट्रिले आगामी पाँच बर्षका लागि लिनुपर्ने रणनीति लगायतका बिषयहरूका बारेमा अध्यक्ष चौधरीले बोल्ने समूहले जनाइको छ ।

सम्मेलनमा विश्वका विख्यात हस्पिटालिटी ब्राण्डका ८० भन्दा धेरै उच्च पदस्थ पदाधिकारीहरूले भाग लिदैछन् । सम्मेलनमा आईएचसिएलका प्रवन्ध निर्देशक एवं सिईओ पुनित चटवाल, एकोरका सिनियर भाईस प्रेसिडेण्ट (अपरेशन, इन्डिया एण्ड साउथ एसिया) पुनित धवन, हिल्टनका भाईस प्रेसिडेण्ट क्लरेन्स टन, म्यारियट एसिया प्यासिफिकका प्रेसिडेण्ट राजिव मेनन, ¥याडिसन होटल ग्रुपका साउथ एसिया एडभाईजर के बी कछ्रू, अक्स एयरका को–फाउण्डर आकाश घोष, ओवरेय ग्रुपका चिप अपरेटिङ अफिसर मोहित निरूला, एयर इन्डियाका सिईओ एण्ड एमडी क्याम्पबेल विल्सन, भारतका प्रख्यात कवि एवं स्क्रिप्ट राईटर जावेद अख्तर लगायत विश्वब्यापी ख्यातीप्राप्त व्यक्तिहरू सहभागी रहनेछन् ।

सीजी हस्पिटालिटीले १२ देशमा १७० होटल (१००० प्लस किज) संचालन गरिरहेको छ ।


क्लिकमान्डु