यस्तो छ बजेटको मध्यावधि समीक्षा (पूर्णपाठसहित)



काठमाडौं । सरकारले चालु आर्थिक वर्षको बजेट संशोधन गरेको छ । चालु आर्थिक वर्षका लागि सरकारले १७ खर्ब ९३ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेको थियो । सोमबार अर्थमन्त्री डा प्रकाशशरण महतले बजेट संशोधन गर्दै १५ खर्ब ४९ अर्ब ९९ रुपैयाँ मात्रै खर्च हुने लक्ष्य सार्वजनिक गरेका छन् ।

चालु आर्थिक वर्षको बजेटको अर्धबार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गर्दै अर्थ मन्त्री महतले गत जेठमा सार्वजनिक गरिएको बजेटका सबै कार्यक्रम कार्यान्वयन नहुने जानकारी दिए ।

गत जेठ १५ गते १७ खर्ब ५१ अर्बको बजेट सार्वजनिक गरेका अर्थ मन्त्री महतले संशोधित खर्च तथा आम्दानीको अनुमान सार्वजनिक गरेका हुन् ।

सरकारले चालु आर्थिक वर्षमा १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट सार्वजनिक गर्दा चालूतर्फ ११ खर्ब ४१ अर्ब रुपैयाँ, पुँजीगत तर्फ ३ खर्ब २ अर्ब रुपैयाँ, वित्तीय व्यवस्थापन तर्फ ३ खर्ब ७ अर्ब रुपैयाँ विनियोजन गरेको थियो ।

तर, सोमबार मन्त्री महतले १५ खर्ब ३० अर्ब रुपैयाँ मात्रै खर्च हुने संशोधित अनुमान सार्वजनिक गरेका छन् । सुधारको प्रयास गर्दा गर्दै लक्ष्य अनुसार आम्दानी बढ्न नसकेकाले सरकाले खर्चको अनुमान घटाउनु परेको महतले बताए । यो वर्ष सुरु विनियोजनको ८७.३८ प्रतिशत खर्च हुने भएको छ ।

महतले चालु तर्फ १० खर्ब १३ अर्ब रुपैयाँ, २ खर्ब ५४ अर्ब रुपैयाँ पुँजीगत तर्फ रुपैयाँ तथा वित्तीय व्यवस्थापन तर्फ २ खर्ब ६८ अर्ब खर्च हुने बताए ।

बजेट खर्चको संशोधित अनुमान सार्वजनिक गरेको अर्थ मन्त्रालयले आम्दानीको लक्ष्य पनि घटाएको छ ।


क्लिकमान्डु