नेपाल र क्यानडाबीचको क्रिकेट सिरिज डिशहोम गोमा एचडी क्वालिटीमा प्रत्यक्ष प्रसारण हुने



काठमाडौं । डिशहोम गोमा नेपाल र क्यानाडा बीचको सिरिज एच डी क्वालिटीमा प्रसारण हुने भएको छ ।

क्रिकेट एसोसिएसन नेपालले आयोजना गर्न लागेको नेपाल र क्यानाडा बीचको सिरिज २०२४ फेब्रुअरी ८-१२ मा हुने भएको छ ।

उक्त ओडीआईका खेलहरू त्रिभुवन विश्विद्यालय क्रिकेट मैदानमा हुँदैछ । यस खेलको प्रत्यक्ष प्रसारण मात्र एक्सन स्पोर्ट एचडी १ र डिसहोम गोमा एचडी क्वालिटीमा प्रसारण हुँदैछ ।

डिशहोम गोले कास्कीको पोखरामा आयोजना भएको २३ औं संस्करणको आहा! रारा गोल्डकप फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रशारण गरेको थियो ।


क्लिकमान्डु