प्रणय दिवसका दिन बुध्द एयरबाट माउन्टेन फ्लाइट गर्नेलाई एउटा किन्दा अर्को टिकट सित्तैंमा



काठमाडौं । आगामी १४ फेब्रुअरीका दिन मनाइने विश्व प्रणय दिवसलाइका दिन माउन्टेन फ्लाइट गर्नेलाई बुध्द एयरले एउटा किन्दा अर्को टिकट सित्तैमा दिने भएको छ । फेब्रअुरी १४ का दिन हरेक वर्ष विश्भर प्रणय दिवस मनाइन्छ ।

उक्त दिनको अवसार पारेर बुध्द एयरले माउन्टेन फ्लाइट गर्ने यात्रुलाई एउटा टिकट किन्दा अर्को टिकट निःशुल्क दिने घोषणा गरेको छ । माउन्टेन फ्लाइटको लागि प्रति टिकटको मूल्य १३ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

यस अन्तगर्त एकजना यात्रुले अर्को यात्रुलाई विन्डो शेयर गर्नुपर्नेछ । यस दिन बुध्द एयरले उडान भर्ने यात्रुहलाई थप गिफ्टहरु दिने पनि जनाएको छ । टिकट बुध्द एयरको जुनसुकै सेल्स काउण्टरबाट लिन सकिने उक्त वायुसेवाले जानकारी दिएको छ ।


क्लिकमान्डु