‘एलिका ब्राण्डको चुल्हो अन्तर्राष्ट्रिय मापदण्डअनुसार परीक्षणपछि मात्र पठाइन्छ’



काठमाडौं । सिजी इलेक्ट्रोनिक्सले एलिका ब्राण्डका ग्यास चुल्हो अन्तराष्ट्रिय मापदण्ड बमोजिम विभिन्न चरणमा कडा परीक्षण गरेर मात्र बजारमा बिक्री वितरणका लागि पठाइने गरिएको जनाएको छ ।

पछिल्लो समय केही सञ्चारमाध्यमहरुले कम्पनीको ख्यातीमा अनुचित आक्रमण गरिरहेको भन्दै नेपाली बजारमा एलिका ब्राण्डको चुल्हो बिक्री वितरण गर्दै आएको सिजी इलेक्ट्रोनिक्सले आपत्ति जनाएको छ।

सिजी इलेक्ट्रोनिक्सले अन्तराष्ट्रिय बजारमा ख्यातिप्राप्त ब्राण्डका विभिन्न विद्युतिय उपकरण/उत्पादनहरुको बर्षो देखि नेपाली बजारमा विक्रि वितरण गर्दै आएको छ ।

विक्री वितरण गर्ने वस्तुहरुको गुणस्तरमा र विक्रि पश्चातको सेवामा यस कम्पनी सदैव संवेदनसिल रहि ग्राहकको उच्चतम हितलाई केन्द्रमा राखी काम गर्दै आइरहेको कम्पनीले जनाएको छ ।

कुनै वस्तुको अनुचित प्रयोग वा कुनै दुर्घटनाबाट सृजना भएका टुटफुटहरुलाई अनर्गल र भ्रामक रुपमा प्रस्तुती गरि कम्पनीको ख्यातीमाथी अनुचित रुपमा आक्रमण गर्ने कार्य आपत्तिजनक एवं गैरकानुनी भएको कम्पनीले जनाएको छ ।

विगत केहि वर्षदेखि नै चौधरी ग्रुप, यस ग्रुप अन्तर्गतका कम्पनीहरु र यसका संस्थापकहरुलाई नियोजित रुपमा लक्षित गरि अनुचित रुपमा विभिन्न भ्रामक एवं झुठ समाचारहरु प्रकाशन गरिरहेकामा मिडियाविरुद्ध भएका गालि वेइज्जत्तिका मुद्दाहरु हाल अदालतमा विचाराधिन रहेको विज्ञप्तिमा जनाइएको छ ।


क्लिकमान्डु