डाबर नेपाल उत्कृष्ट बहुराष्ट्रिय कम्पनी सम्मानद्वारा सम्मानित



काठमाडौ । डाबर नेपाल ले ‘द एचआरएम नेपाल अवार्डस् फर कर्पोरेट एक्सिलेन्स् (एसीई)र अवार्डस् फर डिस्टिङगुइस्ड सर्भिस (एडीएस) २०२३ मा द एचआरएम अवार्ड्स फर कर्पोरेट एक्सिलेन्स एमएनसी(बहुराष्ट्रिय कम्पनी) क्याटेगरी–२०२३ पुरस्कारबाट सम्मान प्राप्त गरेको छ ।

गत शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा कर्पोरेट क्लब नेपालद्वारा डाबरलाई नेपालमा सञ्चालित बहुराष्ट्रिय कम्पनीहरु मध्ये उत्कृष्ट कम्पनीको रुपमा सम्मान गरिएको हो ।

डाबर नेपालललाई नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा एनबीआईका अध्यक्ष कुशकुमार जोशीले सम्मान गरेका थिए ।

अवार्ड समारोहको तेस्रो संस्करण परराष्ट्र मन्त्री एनपी साउदको उपस्थिीतमा सम्पन्न भएको थियो ।


क्लिकमान्डु