निजी क्षेत्रलाई सबैतिरबाट आक्रमण भइरहेको छः इप्पान अध्यक्ष कार्की



काठमाडौं । इप्पानका अध्यक्ष गणेश कार्कीले निजी क्षेत्रलाई सबैतिरबाट आक्रमण भइरहेको बताए । निजी क्षेत्रलाई यसरी समस्यामा पर्ने हो भने निजी क्षेत्र हतोत्साहित हुने दाबी गरे ।

व्यवसायी अरुण चौधरीसहित तीन जना पक्राउ परेको विषयमा आयोजित निजी क्षेत्रको पत्रकार सम्मेलनमा बोल्दै उनले समस्या छ भने निष्पक्ष रुपमा छानविन गर्नुपर्ने बताए । उनले धरपकड गर्ने हो भने निजी क्षेत्रले राम्रोसँग काम गर्न सक्छ की सक्दैन भन्ने प्रश्न उठने बताए । सरकारको यस्तो कदमले सबै निजी क्षेत्रलाई दुखी तुल्याएको पनि उनले बताए ।

कार्की राज्यले निजी क्षेत्र, उर्जा क्षेत्रमा गलत नजरले हेरेको बताए । राज्यले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने पनि उनको तर्क थियो ।

त्यस्तै, नाडा नेपाल नाडा अटो मोबाइल्स एसोसिएसन नेपालका उपाध्यक्ष निराकार श्रेष्ठले राज्यको कदम विरुद्ध घोर भत्सना गरेको बताए । राज्यले गरेको कामले सबै निजी क्षेत्रलाई हतोत्साहित बनाएको बताए ।


क्लिकमान्डु