नेवानी अध्यक्ष अधिकारीलाई पर्यटनमन्त्रीको मौखिक स्पष्टीकरण, के दिए जवाफ ?




काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई तीन प्रश्नसहितको स्पष्टीकरण सोधेका छन् ।

मन्त्री किराँतीले बुधबार निगमको ‘संरचनागत एवं व्यवस्थापकीय अध्ययन तथा सिफारिस समिति’को प्रतिवेदन कार्यन्वयन गर्न बनेको अर्को समितिको प्रतिवेदन बुझ्दै अधिकारीलाई स्पष्टीकरणसहितको प्रश्न सोधेका हुन् ।

मन्त्री किराँतीले विगतमा बनेको समितिले तयार गरेको प्रतिवेदन किन कार्यन्वयन नगरेको ? प्रतिवेदन कार्यन्वयन भए कुन चरणमा पुगेको छ ? र त्यसको कार्य प्रगति विवरण किन नबुझाएको भनेको छ । मन्त्री किराँतीले सोधेको तेस्रो प्रश्नमा न्यारोबडी जहाजको सिट भाँचिएको दुई हप्तसम्म मर्मत किन भएन ? भनिएको छ ।

मन्त्रीको प्रश्नमा अधिकारीले हरेक प्रतिवेदन कार्यन्वयनको चरणमा रहेको र सबैको यथार्थ विवरण पेश गर्ने जवाफसमेत तत्कालै दिएका छन् । जहाजको सिट बारेमा बनाउनका लागि कानूनी प्रक्रिया पुर्याउदा समय लागेको र यसका केही दिनमै मर्मत हुने जवाफ दिएका छन् ।

मन्त्री किराँतीले आगामी दिनमा हरेक प्रतिवेदन र मन्त्रलयबाट भएको निर्देशनको स्पष्ट जवाफ र प्रगति विवरण आफूलाई चाहिने र आफूले सोही अनुसार प्रधानमन्त्रीलाई प्रगति विवरण पेश गर्ने बताएका थिए ।

निगम सुधारका लागि पूर्व गर्भनर दीपेन्द्रबहदुर क्षेत्री नृतृत्वको प्रतिवेदन कार्यन्वयनका लागि पूर्वपाइलट कुलबहादुर लिम्बु नेतृत्वको समितिले आज मन्त्री किरातीलाई तेस्रो मासिक प्रतिवेदन पेश गरेको जानकारी पर्यटन मन्त्रालयले दिएको छ ।


क्लिकमान्डु