६ महिनामा साढे १ खर्बको लगानी प्रतिबद्धता



काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा करिब साढे ६ खर्ब रुपैयाँको स्वदेशी तथा विदेशी लगानी प्रतिबद्धता आएको छ ।

उद्योग विभागको तथ्यांकअनुसार चालु आवको पुस मसान्तसम्ममा १ खर्ब ३६ अर्ब रुपैयाँको स्वदेशी तथा विदेशी लगानी प्रतिबद्धता जनाइएको हो ।

६ महिनाको अवधिमा स्वदेशी तथा विदेशी गरी २११ वटा उद्योग दर्ता भएका छन् । जसमा पुस महिनामा मात्रै ३२ वटा उद्योग दर्ता भएको विभागले जनाएको छ ।

विभागकाअनुसार सो अवधिमा २८ वटा ठूला उद्योग दर्ता गरेका छन् । विभागले यो वर्षको पुस मसान्तसम्ममा ८० वटा ठूला उद्योग दर्ता गर्ने लक्ष्य लिएको थियो ।

त्यस्तै, चालु आवको पुस मसान्तसम्ममा मझौला उद्योग लक्ष्यभन्दा निकै कम दर्ता गरेका छन् । सरकारले उक्त अवधिमा ८५ वटा उद्योग दर्ता गर्ने लक्ष्य लिएको थियो । तर, १६ वटा मात्रै उद्योग दर्ता भएको पाइएको छ । साथै, पुससम्ममा १६७ वटा साना उद्योग दर्ता गरेका छन् । विभागले २ सय वटादर्ता गर्ने लक्ष्य लिएको थियो ।

दर्ता भएका उद्योगले १३ हजार ६७० जनालाई रोजगारी दिने प्रतिबद्धता जनाएका छन् । विभागको तथ्याङ्कअनुसार पुस मसान्तसम्ममा २२६ वटा उद्योगमा विदेशी लगानीकर्ताले २२ अर्ब ३३ करोड रुपैयाँ लगानी प्रतिबद्धता जनाएका छन् । दर्ता भएको उद्योगले १२ हजार १६७ जनाले रोजगारी सिर्जना गर्ने विभागले उल्लेख गरेको छ ।

सोही अवधिमा १ वटा प्याटेन्ट र ७ वटा डिजाइन दर्ता भएका छन् । साथै, २५ सय ३८ वटा ट्रेडमार्क दर्ता भएका छन् ।


क्लिकमान्डु