पर्यटन मन्त्रीद्वारा वायुसेवा निगमको भवन शिलान्यास



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगमको प्रधान कार्यालय भवन शिलान्यास गरेका छन् । शनिबार बिहान एक कार्यक्रमका बिच उक्त भवनको शिलान्यास गरिएको हो ।

सिनामंगलस्थित निगमको जग्गामा प्रधान कार्यालय भवनको विधिपूर्वक शिलान्यास गरिएको छ । कार्यक्रममा निगमका पदाधिकारी तथा कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो ।

सो क्रममा मन्त्री किरातीले आफू पर्यटन मन्त्रालयमा आएदेखि नै निगमको सुधारका लागि विभिन्न कामहरू गरेको सुनाए ।


क्लिकमान्डु