पशुपतिनगर भन्सारद्वारा डेढ करोड राजस्व संकलन



इलाम । नेपाल भारत सीमा क्षेत्र इलामको पशुपतिनगर भन्सार कार्यालयले चालु आर्थिक बर्षको पुससम्ममा एक करोड ३४ लाख १३ हजार रुपैयाँबराबरको राजस्व संकलन गरेको छ ।

कार्यालयको तथ्याँकअनुसार यो लक्ष्यको ६९ दशमलव ९६ प्रतिशत हो।

आव २०७७/०७८ मा एक करोड ८९ लाख ९९ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको पशुपतिनगर भन्सारले एक करोड दुई हजार रुपैयाँ (५२. ६५ प्रतिशत) राजस्व संकलन गरेको कार्यालय प्रमुख सुब्बाले जानकारी दिए।

यसैगरी, आव २०७८/७९ मा दुई करोड ५३ लाख ४० हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ८७ लाख ३८ हजार रुपैयाँ (३४.४८ प्रतिशत) राजस्व संकलन भएको थियो।

सुब्बाका अनुसार, २०७९/८० मा दुई करोड ५० लाख ८५ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा दुई करोड ७१ लाख ८२ हजार रुपैयाँ (१०८ प्रतिशत) राजस्व संकलन गरियो।

कार्यालयका नायब सुब्बा विनोद आचार्यकले अवैध कारोबारअन्तर्गत बरामद भएको सामग्री लिलामीबाट सबैभन्दा बढी राजस्व संकलन भएको बताए।

पशुपतिनगर भन्सारअन्तर्गत आठ वटा छोटी भन्सार कार्यालय रहे पनि सबै छोटी भन्सार कार्यालय यसअघि नै बन्द भइसकेका छन्।

‘हरियो तरकारी, छुर्पी, दूध, चिया, घ्यू चिज, गमला, लत्ताकपडा र जुत्ता चप्पल भारत निर्यात हुँदै आएको पशुपतिनगर नाकाबाट भन्सार कार्यालय लक्ष्यअनुसार राजस्व सकलन गर्न थालेको छ, ‘ आचार्यले भने।

कार्यक्रममा सूर्योदय उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद राईले नेपालतर्फ भन्सार भए पनि भारतमा भन्सार कार्यालय नहुँदा समस्या हुँदै आएको बताए।

भारततर्फ भन्सार नहुँदा बिल इन्ट्री नहुने समस्याका कारण आयात निर्यातमा समस्या हुँदै आएको अध्यक्ष राईले जानकारी दिए। उक्त अवसरमा भारतीय सुरक्षा निकायका अधिकारी अजय कौशीकले भारततर्फ भन्सार, क्वारेनटाइनलगायतका कार्यालय स्थापना गर्न भौगोलिक समस्या रहेको बताए।


क्लिकमान्डु