अखाद्य कटन क्यान्डी उपभोग नगर्न खाद्य विभागको आग्रह



काठमाडौं । सरकारले अखाद्य रंग मिसावट भएको कटन क्याण्डी प्रयोग नगर्न आग्रह गरेको छ ।

मुख्यगरी बजार, मेलापात, सडकपेटी, बजारलगायतका स्थानमा खुला रूपमा बिक्री वितरण भइरहेको गुलाफी रंगको कटन क्याण्डी प्रयोग नगर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आग्रह गरेको छ । यस्तो कटन क्याण्डी अधिकाँश वालबालिकाले मन पराएर सेवन गर्दैआएका छन् ।

विभागले बिज्ञप्ती जारि गर्दै मानव स्वास्थ्यलाई गम्भिर असर पुर्याउने अखाद्य रंग ‘रोडामाइन वि’ को प्रयोग गरि तयार पारिएको कटन क्याण्डी उपभोग नगर्न आग्रह गरेको हो ।

‘यस विभागको प्रयोगशाला जाँच विश्लेषणबाट उक्त कटन क्याण्डीमा अखाद्य रंग रोडामाइन बिको प्रयोग भएको पाइएको छ,’ बिभागले बिज्ञप्ती जारी गर्दै भनेको छ,‘यस विभागबाट अनुज्ञापत्र प्राप्त गरी लेवल लगाएका बाहेक खुल्ला रुपमा बिक्री वितरण गरिएको कटन क्याण्डी उपभोग नगर्न तथा आफ्ना वालवालिकालाई समेत नदिन विभाग अनुरोध गर्दछ ।’

विभागले अखाद्य रंग मिश्रित तयार पारिएको क्याण्डी उत्पादन तथा विक्री वितरण नगर्न समेत आग्रह गरेको छ । विभागको निर्देशनविपरित उत्पादन तथा बिक्री बितरण गरेको पाइएमा कानून बमोजिम कडा कारवाही गरिने विभागले चेतावनीसमेत दिएको छ ।


क्लिकमान्डु