आकाशे पुलमा फोहर ब्यानर राखेको भन्दै महानगरले तिरायो ५० हजार जरिवाना



काठमाडौं । काठमाडौ महानगरपालिकाले इनोभेटिभ कन्सेप्ट प्रालीलाई जरीवाना तिराएको छ ।

महानगर क्षेत्रमा फोहर गरेको भन्दै उक्त कम्पनीलाई महानगरले ५० हजार जरिवाना तिराएको छ ।

आकाशे पुलमा राखिएका बिज्ञापनका ब्यानर पुरानो हुँदा पनि नहटाएर दृश्य प्रदुषण गरेको भन्दै महानगरले ५० हजार जरिवाना तिराएको हो ।


क्लिकमान्डु