डेरी एशोसिएसनद्वारा स्व. विश्वनाथ केडियालाई मरणोप्रान्त सम्मान



काठमाडौं । सिताराम गोकुल मिल्कका अध्यक्ष स्व. विश्वनाथ केडियालाई मरणोप्रान्त सम्मान गरिएको छ ।

नेपाल डेरी एशोसिएसनले आइतबार मनाएको रजत जयन्तीको अवसरमा केडिया अर्नानाइजेसनका अध्यक्ष स्व. केडियालाई मरणाप्रान्त सम्मान गरिएको हो । स्व. केडिया एशोसिएसनको सदस्य थिए । एशोसिएसनले पूर्व अध्यक्ष सुमित केडियालाई पनि सम्मान गरेको छ ।

सुमित केडिया स्व. विश्वनाथ केडियाका छोरा हुन् । सुमित केडियाले अहिले सीताराम गोकुल मिल्स र सिद्धार्थ बैंकमा आवद्ध छन् ।

नेपाल डेरी एशोसिएसनका अध्यक्ष प्रह्लाद दाहालका अनुसार कोभिड महामारीको क्रममा २०७८ बैशाख २८ गते कोभिडबाट प्रभावित भएर ७२ बर्षको उमेरमा केडियाको निधन भएको थियो । कोभिडकै कारण केडिया परिबारको २१ बर्षीय युवा सदस्य प्रधुम्न केडियाको पनि निधन भएको थियो ।

केडिया समूहको पुस्तौदेखि नेपालको कृषि, निर्माण, शिक्षा, अटो, चिनी उद्योग, डेरी उद्योग, बैकिङ्गलगायतको क्षेत्रमा लगानी छ ।

नेपाल डेरी एशोसिएसनले विभिन्न कार्यक्रमको आयोजना गरी रजत जयन्ती तथा वार्षिक साधारण सभा मनाएको छ । सोहि अवसरमा स्व. केडियासहित नेपालको दुग्ध क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने विभिन्न क्षेत्रका १४ जनालाई एशोसिएसनले सम्मान गरेको हो ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. रेवतीरमण पौडेलले दुग्ध क्षेत्रमा देखिएको समस्या समाधान गर्न मन्त्रालयले आवश्यक समिति बनाएको जानकारी दिए ।


क्लिकमान्डु