८ वर्षमा ४ लाख १२ हजार ३१८ थान मात्रै इम्बोस्ड नम्बर प्लेट उत्पादन



काठमाडौं । सरकारले हालसम्ममा ४ लाख १२ हजार ३१८ थान मात्रै इम्बोस्ड नम्बर प्लेट उत्पादन भएको जनाएको छ । भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालयले ४ लाख १२ हजार ३१८ थान उत्पादन भई करिब ७८ हजार थान जडान गरिसकिएको जनाएको हो ।

यातायात व्यवस्था विभाग डिकेचर-टाइगर आईटीबीच सन् २०१६ मे ३० मा इम्बोस्ड नम्बर प्लेट उत्पादन तथा जडान सम्बन्धि ४ करोड ८७ लाख अमेरिकी डलर बराबरको २५ लाख थान नम्बर प्लेट उत्पादन गर्ने सम्झौता भएको थियो ।

सम्झौताको म्याद थपसमेत गरी २०८२ को मंसिर ११ गते सम्म रहेको छ । सो मितिसम्म उत्पादन गरी विभागमा बुझाएको नम्बर प्लेटको रकम भुक्तानी गर्नुपर्ने सम्झौतामा उल्लेख भएपनि निकै कम भएको उत्पादन भएको छ ।

विभागले प्रत्येक प्रदेशबाट सवारीको प्रकारअनुसारको नम्बर प्लेटको माग संकलन गरि उत्पादक कम्पनीमा माग पठाउने गरेको छ । उत्पादक कम्पनीले उत्पादन गरेका नम्बर प्लेट यातायात कार्यालयको माग अनुसार विभागले सम्बन्धित कार्यालयमा पठाउँदै आएको छ ।


क्लिकमान्डु