विमानस्थलबाट आधा किलो सुनसहित एक जना पक्राउ



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट एक व्यक्ति करिब आधा किलो सुनसहित पक्राउ परेका छन् ।

झापाका खगेन्द्र दर्जी ४९९ ग्राम सुनसहित पक्राउ परेका विमानस्थल भन्सार कार्यालयले जनाएको छ । बरामद भएको केही सुन अर्धठोस अवस्थामा समेत छ ।

हिमालय एयरलाइन्सको उडानमा दोहाबाट काठमाडौं आएका उनलाई पक्राउ गरिएको हो ।

अहिले भन्सारमा सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ ।


क्लिकमान्डु