अवरुद्ध फोनपेको सेवा सुरु



काठमाडौं । अवरुद्ध भएको फोनपेको समस्या समाधान भएको छ । कम्पनीले सूचना जारी गर्दै सेवा पुन: सुरु भएको जनाएको छ ।

फोनपेमार्फत भुक्तानी गर्न खोज्दा समस्या देखिएको प्रयोगकर्ताहरूले गुनासो गरेका थिए । प्रयोगकर्ताहरुको मोबाइलमा डिजिटल पेमेन्ट गेटवे लगइन हुन सकेको थिएन भने । लगइन भइरहेकोमा पनि कारोबार गर्न समस्या भएपछि कम्पनीले उक्त सेवा सञ्चालनका लागि काम गरेको जनाएको छ ।

‘आदरणीय ग्राहक तथा व्यवसायीहरु, प्राविधिक कारणले प्रभावित भएका फोनपेका सबै सेवाहरू पुनः सुचारु भएको जानकारी दिन चाहान्छौँ । तपाईंको धैर्यताको लागि धन्यवाद व्यक्त गर्न चाहान्छौँ ’ जारी विज्ञप्तिमा उल्लेख छ ।

अनलाइन भुक्तानी सेवा प्रदायकहरूको सेवा बारम्बार अवरुद्ध हुँदा प्रयोगकर्ता समस्यामा पर्ने गरेका छन् ।


क्लिकमान्डु