शिवम् सिमेन्ट्सले शेयरधनीलाई १५ प्रतिशत लाभाँस वितरण गर्ने



काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

साधारण सभाले आर्थिक बर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशतका दरले लाभाँस वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

आर्थिक बर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट (शेयर प्रिमियम वापतको रकम यथावत रुपमा कम्पनीमा नै सञ्चित राखी) अन्य सञ्चित रकमबाट शेयरधनीलाई चुक्ता पूँजी ४ अर्व ४० करोड रुपैयाँको १४.२५ प्रतिशतका दरले ६२ करोड ७० लाख रुपैयाँ बराबरको वोनस शेयर र ०.७५ प्रतिशतका दरले (कर प्रयोजनका लागि) ३ करोड ३० लाख रुपैयाँ नगद लाभाँससहित आफ्ना शेयरधनीलाई १५ प्रतिशतका दरले लाभाँस वितरण गर्ने प्रस्ताव समेत पारित गरेको कम्पनीले जनाएको छ ।


हाल कम्पनीको अधिकृत पुँजी ७ अर्व र जारी तथा चुक्ता पूँजी ४ अर्व ४० करोड रुपैयाँ रहेकोमा १४.२५ प्रतिशतका दरले बोनश शेयर वितरण गरे पश्चात कम्पनीको जारी तथा चुक्ता पूँजीमा बृद्धि भएर ५ अर्व २ करोड ७० लाख रुपैयाँ कायम हुनेछ ।


सभा कम्पनीको सञ्चालक समितिका अध्यक्ष गौरव गोयलको अध्यक्षतामा बसेको सभाले सञ्चालक समितिले प्रस्ताव गरेको सामान्य प्रस्ताव र विशेष प्रस्तावहरु पारित गरी सभा सम्पन्न गरेको थियो ।


क्लिकमान्डु