‘क्लब हाउस’ मा साना व्यवसायीको प्रदर्शनी



काठमाडौं । सिफलस्थित क्लबहाउस क्याफेमा उद्यमशील साना व्यबसायहरुको प्रदर्शनी आयोजना भएको छ ।

स्वतन्त्र रुपमा आयोजना गरिएको प्रदर्शनीमा २२ वटा साना व्यवसायीहरुले भाग लिएको व्यबस्थापक मनिता श्रेष्ठले बताईन । हरेक हप्ता एक दिन हुने गरि ६ हप्ताका लागि आयोजना गरिएको प्रदर्शनी शनीबार दोस्रो हप्ता पुगेको उनले बताईन् ।

‘हामीले घरमै बसेर पनि उद्यमी बनिरहनु भएका गृहिणीहरुलाई लिएर यो प्रदर्शनी आयोजना गरेका छौ’, उनले भनिन्, ‘यहाँ दृश्टिबिहिनदेखी घरमा बसेर गृहस्थी सम्हाल्ने गृहिणीहरुले आफ्नो व्यबसायलाई प्रदर्शनीमा राख्नु भएको छ ।’

प्रदर्शनीका लागि आवश्यक ठाउँ क्लबहाउस क्याफेले नि: शुल्क रुपमा उपलब्ध गराएको उनले बताईन । उनले भनिन, ‘प्रदर्शनीमा राखिएका स्टलहरुले भने निश्चित शुल्क तिरेर राख्ने व्यबस्था गरेका छौं ।’

प्रदर्शनी अझै ४ हप्तासम्म हरेक साता एक दिन चल्नेछ । साना उद्यम गरिरहेका व्यबसायहरुलाई प्रथामिकतामा राखेर कार्यक्रमको आयोजना गरिएको श्रेष्ठले बताईन् ।

‘हाम्रो मोटिभ भनेको उद्यम गर्नेलाई प्रोत्साहन गर्ने हो’, उनले भनिन, ‘घरको काम गर्दा गर्दै पनि उद्यम गर्न सकिन्छ भन्ने उदाहरण यहाँ प्रदर्शनीमा हुनेहरु बन्नुभएको छ ।’

प्रदर्शनीमा काठमा सामग्री बेच्नेदेखी अर्गानिक कृषि उत्पादन, गरगहना, सजावटका सामग्रीलगायतका सामग्रीका साना उद्यमहरु समावेश रहेका छन ।


क्लिकमान्डु