चितवन उद्योग वाणिज्य संघको अध्यक्षमा सुमन श्रेष्ठ विजयी



चितवन । उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा सुमनकुमार श्रेष्ठ निर्वाचित भएका छन् ।

सोमबार सम्पन्न निर्वाचनमा श्रेष्ठले १ हजार ५१५ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी सिरिस पन्तले ८४३ मत मात्रै पाए ।

संघको नयाँ कार्यसमितिमा श्रेष्ठको प्यानलका अधिकांश उम्मेदवार निर्वाचित भएका छन् ।

वरिष्ठ उपाध्यक्षमा चिरञ्जिवी सुवेदी निर्वाचित भएका छन् । उपाध्यक्षमा उद्योगतर्फ अशोक अधिकारी, वाणिज्यतर्फ राजेन्द्र ओली र वस्तुगततर्फ नारायण प्रधान विजयी भए ।


क्लिकमान्डु