साइकल किन्न नसक्ने अहिले मोटरसाइकल किन्ने सामान्य भइसक्यो : अर्थमन्त्री महत



काठमाडौं । अर्थ मन्त्री डा. प्रकाशशरण महतले सबारी साधनतर्फ थोरै भएपनि भ्यालु एडिसनको काम भइरहेको बताएका छन् ।

नाडा अटोमोबाइल एशोसिएन अफ नेपालको ४७ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अर्थमन्त्री महतले यस्तो जानकारी दिएका हुन् । मन्त्री महतले अटो मोवाइल इण्डस्ट्रिजमा टायरलगायत अन्य एसोसरिजलगायत आवश्यक वस्तुहरुमा विस्तारै नेपालले उत्पादन गर्न सुरु गरेको बिषयलाई खुशीको रुपमा लिएका छन् ।

‘अब जहाँसम्म अर्थ बिषयमा करको कुरा छ, हामीले यसको पृष्टभूमि बुझनु जरुरी छ । हाम्रो देश यसै पनि न्युन पूर्वाधारबाट सुरु भएकोे छ । तपाईहरुलाई थाहा छ, २००७ साल अगाडि हाम्रो मुलुक बोकेर गाडी उतारेको देश हो,’ अर्थ मन्त्री महतले भने,‘सडक संरचना हुँदै नभएको अवस्थामा गाडी ल्याइएको थियो ।’

सडक नभएको अवस्थामा गाडी किन्ने भन्ने जो कोहिले किन्ने भन्ने कुरै नभएको बताउदै अर्थमन्त्री महतले गाडी किन्ने हैसियत भएका धनाढय हुने खानेले नै गाडी आयात गर्दैआएको जानकारी दिए ।

‘त्यसै हुनाले कर पनि कसलाई लगाउने त ? क्षमता भएकैलाई लगाउने त । जसको स्यालरी राम्रो थियो । कर तिर्ने क्षमता थियो । जसले विभिन्न स्रोतबाट आम्दानी गरिराख्या हुन्थे । त्यस अर्थमा अटोमोविल प्रयोग गर्नेले तिर्नुपर्छ भन्ने हो,’ उनले भने,‘त्यसले कसरी कहाँबाट ल्यायो, त्यो हिसाव किताव राख्न पनि गाह्रो छ । तपाईहरुलाई थाहा छ, त्यो बिषयमा अलिकति छोयो भने धेरै ठूलो हंगामा हुन्छ ।‘

यसरी अटोमोवाइलमा भन्सार लगाउने हिस्ट्रि सुरु भएको उनले जानकारी दिए ।

‘यधपी तपाईहरुले भनेजस्तो हाम्रो मिडिल क्लास, बाहिर विदेश जाने क्लास बढेको छ, इनकम रिसोर्सहरु त्यहाँबाट भित्रिएका छन् । त्यसले पनि हाउसहोल्डमा इनकम जेनरेटमा सहयोग गरिराखेको छ,’ उनले भने,‘पहिले साइकल किन्न नसक्ने अहिले मोटरसाइकल किन्ने सामान्य भैसकेका छन । यो अर्थमा गाडीको पहुँच विस्तार हुँदैछ । यसअर्थमा हामीले त्यहि पुरानो कर राख्नु उपयुक्त हुन्छ र भन्ने कुरालाई मैले अस्वभाविक ठानेको छैन । तथापी अहिले हामी ग्रिनमा जाने कुरा गरिरहेका छौं ।’


यद्यपी नेपालको इकोनोमी ग्रिन इकोनोमी भएको दाबी गर्दै अर्थमन्त्री महतले नेपालमा कम्युनिटी फोरेष्टी ४५ प्रतिशतमा पुगेको जानकारी दिए ।

‘गाउँबाट शहरमा माइग्रेन्स भएर अहिले फोरेस्टी बढेको छ । वन काटिने, दाउरा बालिने क्रम कम कम भएको छ । यसले गर्दा हाम्रो फोरेष्ट कभर पनि ४५ प्रतिशत बढेको छ,’ उनले भने,‘यसले हाम्रो अक्सिजन जेनेरेट ग्लोवली बढेको छ । कार्बन उत्पादनमा पनि हाम्रो कन्ट्रीव्युसन क्रणात्मक छ । तर अहिले ग्लोवली ग्रिनमा जानुपर्छ भनेर हाम्रो लागि सहज भएपनि अन्य मुलुकको लागि सहज छैन ।’


क्लिकमान्डु