राजहंस ब्रान्डमा चिनी बेच्ने इन्दुशंकर चिनी उद्योगले एकै वर्ष गर्यो २ अर्बको कारोबार



काठमाडौं । राजहंस ब्रान्डमा चिनी बेच्ने इन्दुशंकर चिनी उद्योगले एकै वर्ष २ अर्बको कारोबार गरेको छ । कम्पनीले सन् २०२२ मा २ अर्ब ४० लाख रुपैयाँ (अपरिष्कृत)को व्यापार गरेको हो ।

कम्पनीले सन् २०२२ मा १ अर्ब ५९ करोड ७० लाख रुपैयाँ, सन् २०२१ मा १ अर्ब ५७ करोड रुपैयाँ र सन् २०२० मा ३ अर्ब १३ करोड ८० लाख रुपैयाँ कारोबार गरेको थियो ।

सन् १९८४ मा स्थापना भएको कम्पनीले दैनिक ४५ सय टन उखु प्रशोधन गर्दै आएको छ । राजेशकुमार केडिया र उनका परिवारको स्वामित्व रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ९४ करोड ११ लाख रुपैयाँको रेटिङ गराएको छ ।

सरकारले आन्तरिक उद्योग तथा उखु किसानलाई प्रोत्साहन गर्नका लागि चिनी आयातमा उच्च भन्सार दर लगाउँदै आएको छ । जसले गर्दा आन्तरि उत्पादन सकारात्मक रहेको छ ।

सरकारले हरेक वर्ष उखुको प्रतिक्वीन्टल मूल्य तोक्दै आएको छ । साथै, सरकारले कृषिमा प्रोत्साहनका लागि प्रति क्वीन्टल ७० रुपैयाँ अनुदानको व्यवस्था गर्दै आएको छ ।

तर, पछिल्ला दिनहरुमा भने समयमै किसानको रकम भुक्तानी नहुने र मललगायत अन्य विभिन्न कारणहरुले गर्दा कृषकहरु विस्थापित हुँदै गएका छन् ।

कम्पनीले सन् २०२१ देखि डिस्टिलरी र सन् २०२२ देखि कोजेनेरेसन युनिट सञ्चालनमा ल्याएको छ । उक्त क्षेत्रबाट सन् २०२३ मा १३ प्रतिशत कारोबार गरेको उल्लेख छ । कम्पनीले आन्तरिक बजारमा उत्पादन भएको उखु प्रशोधन गरी चिनी उत्पादन गर्दै आएको छ ।


क्लिकमान्डु