सिजी डिजिटल र जगदम्बा क्रेडिटको सहकार्यमा शून्य प्रतिशत किस्ताबन्दी सुविधा सुरु




काठमाडौं । उपभोक्ताले एलजी, सिजी र बेको ब्रान्डका घरेलु उपकरणहरू टिभी, रेफ्रिजिरेटर, वासिङ मेसिन र एयर कन्डिसनर सुपथ मुल्यमा खरिद गर्न सक्ने भएका छन् ।

सिजी डिजिटल र जगदम्बा क्रेडिटबीच शून्य प्रतिशत किस्ताबन्दीका लागि सम्झौता भएसँगै यस्तो सेवा पाउने भएका छन् । अब ग्राहकहरुले कुनै झन्झट बिना, क्रेडिट कार्ड बिना नै शून्य प्रतिशत ब्याजदरमा सुविधा लिन सक्नेछन् ।

सहकार्यले इलेक्ट्रोनिक्स् उपभोक्ताहरुका लागि नयाँ आयाम ल्याउने लक्ष्य रहेको कम्पनीले जनाएको छ । १२ महिने शून्य प्रतिशत किस्ताबन्दीको लागि क्रेडिट कार्डको आवश्यकता नपर्ने भएको छ । नयाँ उपभोक्ताहरुका लागि थप अवसर खोलेको खोलेको कम्पनीको दाबी छ ।

साथै झन्झट मुक्त शून्य प्रतिशत किस्ताबन्दी सुबिधाले न्युनतम अग्रिम लागतमा, शून्य प्रतिशत व्याजदरमा नै उपभोक्ताले उच्च गुणस्तरीय इलेक्ट्रोनिक्स् उत्पादनहरु खरिद गर्न सक्नेछन् ।

यो सुविधा उपत्यका भित्र रहेका सिजी डिजिटल शोरुमहरुमा उपलब्ध हुनेछ


क्लिकमान्डु