इन्धनको नयाँ मूल्य सूची प्राप्त, पेट्रोल डिजेलको भाउ यथावत



काठमाडौं । इण्डियन आयल कर्पोरसनबाट नेपाल आयल निगमलाई नयाँ मूल्य सूची प्राप्त भएको छ ।

नेपाल आयल निगमका अनुसार भारतबाट न्यून दरमा मात्रै मूल्य घटबढ आएकोले इन्धनको भाउ यथावत राखिएकोे छ । निगमलाई १५ पुसमा प्राप्त भएको नयाँ मूल्य अनुसार प्रतिलिटर पेट्रोलमा शून्य दशमलव ४१ पैसा बढेको छ भने डिजेलमा शून्य दशमलव १२ पैसा घटेर आएको छ ।

पेट्रोलमा बढेको र डिजेलमा थोरै घटेको भएपनि निगमले भने हालकै मूल्यमा नै इन्धन बिक्री वितरण हुने जानकारी दिएको छ । हाल काठमाडौमां पेट्रोलको मूल्य प्रतिलिटर १६७ र डिजेल १५७ रुपैयाँमा बिक्री वितरण भइरहेको छ । भारतबाट खाना पकाउने ग्यासमा पनि २० पैसाले मूल्य घटेर आएको छ ।

ग्यासमा सरकारलाई प्रतिसिलिण्डर ३ सय ४१ पैसा नोक्सानी भएतापनि साविककै मूल्य प्रतिसिलिण्डर १८ सय ९५ मै बिक्री हुने पनि निगमले जानकारी दिएको छ ।


क्लिकमान्डु