२ अर्बमा बोधी होम्सले बनाइरहेको १०४ वटा आधुनिक हाउजिङ असोजसम्ममा सकिने



काठमाडौं । रुपन्देही जिल्लामा निर्माणाधीन हाउजिङ आगामी असोजसम्ममा सम्पन्न हुने भएको छ । बोधी होम्सले रुपन्देही जिल्लाको ओमसतीया गाउँपालिका-४ मा २०७६ साउन २१ गते कम्पनी दर्ता गरि बोधी होम्स आवास परियोजना निर्माण गरिरहेको छ ।

५ बिगाहा क्षेत्रफलमा बोधी होल्डिङ्ग प्रालिले २०७७ मंसिरदेखि २ अर्ब लगानीमा आवास निमार्ण कार्य अगाडि बढाएको छ ।

२०८१ असोज मसान्तसम्ममा १०४ वटा आधुनिक घर, स्वीमिङ्ग पुल, सामुदायिक हल, पार्क क्षेत्र, जिम हल र सोना बाथ सहितको सुविधा सम्पन्न आवासीय भवनहरु निर्माण सम्पन्न गर्ने लक्ष्य उक्त परियोजनाको रहेको छ ।

२०८० असार मसान्त सम्ममा परियोजनाले ६५ प्रतिशत कार्य प्रगति हासिल गरेको छ । आधुनिक, एकीकृत एवं सुरक्षित बस्ती विकास गर्ने नीतिअनुरुप स्थापना भई निर्माण कार्य अगाडि बढेको छ ।

उक्त परियोजनाबाट महिला २९ र पुरुष १०९ गरी जम्मा १३८ स्वदेशी जनशक्तिले रोजगारी प्राप्त गरेका छन् भने १६ जना विदेशी नागरिकले समेत प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन् ।

यस परियोना निर्माण सम्पन्न भए पश्चात् उक्त क्षेत्रमा आर्थिक गतिविधि बढ्न गई थप रोजगारी सिर्जना हुन सक्ने नेपाल राष्ट्र बैंकको अध्ययनले देखाएको छ ।


क्लिकमान्डु